काठमाण्डौ, भदौ २९
नेपालमा नयाँ-नयाँ चलचित्र निर्माण भईरहे पनि नेपाली चलचित्र विदेशी चलचित्रको मारमा परेका छन् । अहिले स्वदेशी सिनेमा घरमा भारतीय चलचित्र ‘जवान’ को दवदवा छ । जवानकै कारण आजबाट प्रर्दश्नमा आउने ‘नाङ्गो गाउँ’ र ‘भगवत गीता’ ले पर्याप्त शोहरु पाएका छैनन् । ओपनिङ डेबाट राम्रो वर्ड अफ माउथ पाएको खण्डमा चलचित्रका शोहरु थपिन सक्छन् । अन्यथा दुवै चलचित्रलाई लगानी उठाउनु चुनौतिपूर्ण हुने देखिन्छ ।

विपिन कार्की स्टारर ‘भगवत गीता’ ले क्यूएफएक्समा देशव्यापी १९ शो मात्र पाएको छ । चलचित्रलाई वान सिनेमाजले सात, बिग मुभिजले पाँच र आईएनआईले चार शो दिएका छन् । त्यसैगरी दयाहाङ राई स्टारर ‘नांगो गाउँ’ ले क्यूएफएक्समा देशव्यापी ३० शो पाएको छ । चलचित्रलाई वान सिनेमाजले ७ शो, बिग मुभिजले ४ र आईएनआईले ६ शो दिएका छन् । शो संख्याको तुलना गर्ने हो भने ‘नांगो गाउँ’ अगाडि छ ।



