भाद्र ३० ,काठमाडौँ । रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘डिग्री माइला : एमए थर्ड क्लास’ शनिबार बिहान भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो ।
सिनेमाको शुभ-मुहूर्त समारोहमा निर्देशक गुरुङसहित सिनेमाका मुख्य कलाकारहरु दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङलगायत उपस्थित रहेका थिए ।

सिनेमाको छायांकन आगामी शुक्रबार अर्थात् असोज ५ गतेबाट ओखलढुङ्गास्थित रुम्जाटारमा हुनेछ । दोस्रो चरणको छायांकन आगामी मंसिरमा काठमाडौं र ओखलढुङ्गामा हुनेछ ।
बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमा ‘डिग्री माइला : एमए थर्ड क्लास’ कथा शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको निराशामा आधारित हुनेछ ।आगामी वर्ष २०८१को नयाँ वर्षलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छ ।
तपाईको प्रतिक्रिया



