• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

अभिनेता राहुल केसी इनास अमेरिकाको अध्यक्षमा निर्वाचित

  •   मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित

असोज ९ , काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास ) अमेरिकाको अध्यक्ष पदमा राहुल केसी निर्वाचित भएका छन् । सेप्टेम्बर२४ का दिन आइतबार भएको राष्ट्रिय अधिवेसनमा राहुल केसी अध्यक्ष लगायत वरिष्ठ उपाध्यक्षमा सृजन ताम्राकार सहित १३ जनाको समितिको घोषणा गरिएको छ ।

इनास अमेरिकाका २०२१ -२०२३ का राष्ट्रिय महासचिव रहेका राहुल केसी २०२३-२०२५ का लागि अध्यक्ष पदमा निर्वाचित भएका छन् । उक्त समितिमा वरिष्ठ उपाध्यक्षमा सृजन ताम्राकार ,द्वय रिता श्रेष्ठ तथा अंकुश नेपाल उपाध्यक्षमा, प्रकाश नेपाल महासचिव ,दिनेश कार्की कोषाध्यक्ष तथा सह- कोषाध्यक्षमा मनिष शर्मा निर्वाचित भएका छन् ।

यसैगरि कार्यकारी समितिको सदस्य तथा प्रवक्तामा गोपाल चन्द्र लामिछाने, अनिल तिमिल्सिना, अरुण कार्की ,गोपाल अधिकारी ,अमित लामा तथा बिश्व पौडेल समिति सदस्यमा निर्वाचित भएका छन् ।

यसी गरि विभिन्न राज्य समितिमा निर्वाचित भएका पदाधिकारीहरु समेतको सपथ ग्रहण गराईएको थियो । यसै गरि डा श्याम कार्की तथा मोनाका अन्तर्राष्ट्रिय अध्यक्ष अमर छन्त्याललाई ईनास अमेरिकाको सल्लाहकारमा मनोनित गरिएको छ।

त्यस्तै २०२३-२०२५ को लागि केन्टकी राज्य समितिमा गोपाल नेपाल फिस्टे अध्यक्ष, मेरिल्याण्डको अध्यक्षमा पदमा लक्ष्मण पौडल , भर्जिनियाको अध्यक्ष पदमा अर्जुन घिमिरे निर्वाचित भएका छन् । इनास मेरिल्याण्डले प्रेम राजा महत, अनु वन्त, सुवोध विलास पन्थ, कन्हैया सिंह तथा सृजन ताम्राकारलाई संरक्षकमा मनोनित गरेको छ ।

कार्यक्रम दिउसो २ बजे देखि सुरु भएको उक्त कार्यक्रममा दुवै राष्ट्रको राष्ट्रगान बजाईएको थियो । प्रमुख अतिथि तथा इनास बिश्व(ग्लोबल)कि उपाध्यक्ष सबु गदाल कार्कीतथा मेरिल्याण्डका नेपाली मूलका बिधान सभा सदस्य डा ह्यारी भण्डारीले पानसमा बत्ति बालि राष्ट्रिय अधिवेसन सुरु गरेका थिए ।

इनासका क्षेत्रीय संयोजक आनन्दु लामाले इनास बारेमा बोलेका थिए भने मेरिल्याण्ड राज्यका इनास अध्यक्ष सृजन ताम्रकारले सबै मिलेर काम गर्नु पर्ने कुरामा जोड दिए।

अधिवॆशनमा गायिका प्रविशा अधिकारी, रजतपट अङ्कल प्रकाश सुबेदी, गायक तुलसी पराजुली तथा नायक रमेश उप्रेतीलाई बिशेष सम्मान गरिएको थियो ।

कन्हैया सिंह परियारले २०२१-२०२३ को समितिलाई बिघटन गर्दै आफ्नो कार्यकालमा इनास बिश्व(ग्लोबल)लाई नृत्य प्रतियोगितामा आर्थिक सहयोग गरेको चर्चा गरेका थिए । त्यस्तै इनास अमेरिका पूर्व पदाधिकारी कृष्ण श्रेष्ठले अमेरिकामा स्थापनाको कुरा जोडेका थिए । त्यसै बीच माधवी भण्डारीको सांगीतिक प्रस्तुति रहेको थियो ।

इनास बिश्व(ग्लोबल)कि उपाध्यक्ष सबु गदाल कार्कीले सबैलाई सपथ ग्रहण गराएकी थिइन् ।

प्रमुख अतिथि तथा इनास बिश्व(ग्लोबल)कि उपाध्यक्ष सबु गदाल कार्कीले छोटकरीमा इनासको परिचय दिएकी थिइन् ।उनले मन्तब्य राख्दै कला र साहित्यलाई बिस्व भर कसरी बिस्तार गर्ने भन्ने कुरामा आफ्नो ध्येय रहेको बताइन । इनासमा अनुशासनमा रहनु पर्ने कुरामा जोड दिदै अनुसासन बाहिर गए हामीले नजिकबाट हेर्ने समेत जनाइन । इनासको सपना भनेको नेपालमा एउटा आफ्नै घर बनाउने इच्छा रहेको बताइन ।

औपचारिक कार्यक्रम सुरु अगाडी लक्ष्मण पौडेल लगायत सांगीतिक टोलीले बाध्य वादन प्रस्तुति गरेका थिए भने महासचिव राहुल केसीले कार्यक्रम संचालन गरेका थिए । अन्तमा नाचगान सहितको रमाइलो तथा मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो ।

गायिका प्रविशा अधिकारी तथा गायक तुलसी पराजुलीले केही हरफ आफ्ना चचित गीत बिना संगीत प्रस्तुत गरेका थिए ।

मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.