काठमाडौँ , असोज २६
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानव जिवनमा राजनीति बाहेक अरुपनि पक्ष छन् र त्यसले आफुलाई संन्तोष मिल्ने बताउनु भयो । राजनीतिकर्मीहरुलाई विभिन्न किसिमका दबाब, तनाव र चुनौती हुनेगरे पनि मानव जिवनमा धर्म, कर्तव्य र जिम्मेवारीको अर्को झन बढि महत्वपुर्ण पाटो रहेको बताउनुभयो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो । उहाँले समाज भनेको राजनीतिमात्रै नभई अन्यत्र पनि समाज भएको अनुभूति भएको बताउनुभयो ।
कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशलाई सडक मानव मुक्त घोषणा गर्नेकुरामा सरकार प्रतिवद्ध रहेको जानकारी गराउनु भयो । उहाँले सबै मिलेर सडक मानव मुक्त देश बनाउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले मानव सेवाले राम्रो काम गर्दै आइरहेको बताउनु भयो । श्रेष्ठले यात्राको सफलताको शुभकामना व्यक्त गर्दै मानव सेवामा लाग्ने व्यक्ति पूजनीय भएको बताउनु भयो । कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव सेवा जस्तो पुण्यको काम कतै नभएको बताउनु भयो । उहाँले सडकमा बसेका असाहाराको सहयोगी बन्नु जतिको ठूलो कर्म अन्यत्र नभएको बताउनु भयो । आचार्यले सरकारले मानव सेवालाई सहयोग गर्नुपर्ने र राज्यले यसको सबै जिम्मेवारी लिनु पर्ने धारण व्यक्त गर्नु भयो ।


