काठमाडौँ, असोज २७
शुक्रबारबाट हलमा तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन् । प्रकाश सपूतको डेब्यू फिल्म ’परदेशी २’, ऋचा शर्मा अभिनित फिल्म “कौसीद” र नेपालमा पहिलोपटक भिडिओ गेम शैलीमा बनेको फिल्म ’बासेन्जी’ प्रदर्शनमा आएका हुन् । नारायण रायमाझी निर्देशित फिल्म ’परदेशी २’ मा प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझी लगायत कलाकारको अभिनय छ । नारायण र राजेश वंशल निर्माता रहेको फिल्मको कथा रमेश बिजीले लेखेका हुन् ।
कुमार भाष्कर निर्देशित फिल्म ’कौसीद’ मा ऋचा शर्मा, भोलाराज सापकोटा, रूपेश दाहाल, परिक्षीत विक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई लगायत कलाकारको अभिनय छ । ऋचा शर्माको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ समेटेको छ । केदार भुसाल निर्माता रहेको फिल्मको कथा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले लेखेका हुन् ।
यस्तै इयन स्कट क्लेमेन्टले निर्देशन गरेको फिल्म ’बासेन्जी’ मा मिथिला शर्मा, सरिता गिरी, असीम निरौला, सुप्रिम राईलगायत कलाकारको अभिनय छ। निर्देशक क्लेमेन्ट अमेरिकी नागरिक हुन् । यो फिल्मलाई गौरीशंकर इन्टरटेनमेन्टले निर्माण गरेको हो ।


