काठमाडौं, असोज २७
धादिङका दीपक बस्नेतले म्युजिक भिडियो ‘मेरो भगवान’ सार्वजनिक गरेका छन्। बस्नेतले आफ्नै युट्युब च्यानल ‘अनुदिप क्रियशन’बाट म्युजिक भिडिओ सार्वजनिक गरेका हुन् । बस्नेतले रचना गरेको गीतमा मीना नेपालीको स्वर र शिव अनुरागको संगीत रहेको छ ।
गीतको भिडिओमा दिपक बस्नेत, बन्दना बेली, प्रगती हुमागाइँको अभिनय छ । ग्रामीण परिवेश देखाइएको भिडियोलाई उदय प्रकाशले निर्देशन गरेका हुन् । भिडियोमा गरिबीका कारण घरपरिवारलाई छाडेर विदेश जानुपर्ने अवस्था र त्यसले परिवारमा पर्ने प्रभावलाई देखाउन खोजिएको छ ।
तपाईको प्रतिक्रिया


