जनकपुरधाम, असोज २७
शुक्रबार देखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘कौसिद’ जनकपुरमा पनि प्रदर्शनमा आउने भएको छ । परिवारिक र सामाजिक भोगाइलाई फिल्म मार्फत गम्भिर रुपमा चित्रण गरिएको कुमार भास्कर निर्देशित फिल्म आईतबार देखि जनकपुरधाममा प्रदर्शनमा आउदैछ । राजधानीको विभिन्न हलहरुमा फिल्म शुक्रबारबाटै प्रदशर्नमा आएपनि जनकपुरधाममा भने आइतबारदेखि चल्ने भएको छ ।
फिल्म अहिले नेपालभरका विभिन्न सिनेमा हलहरुमा चलिरहेको छ । फिल्म जनकपुरधाम स्थित गिरिजा सिनेमा हलमा आइतबार सवा ३ बजेबाट प्रत्येक दिन एक सो चल्ने फिल्मका निर्देशक कुमार भास्करले बताएका छन् ।
फिल्ममा कलाकार भोलाराज सापकोटा र ऋचा शर्मा मुख्य भूमिकामा छन् । त्यसैगरी रुपेश दाहाल, परिक्षितविक्रम राणा, सदिक्षा गौतम, भिर्भिक भट्टराई र सन्दीप लोहनीको पनि मुख्य भूमिका रहेको छ । बड पिक्चर्सको ब्यानरमा केदार भुसालले निर्माण गरेको यो फिल्मको कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सह–निर्माता लक्ष्मण बानियाँ हुन् । यो फिल्मको कथा लेखन नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा भिम विश्वकर्माको सम्पादन रहेको छ ।


