काठमाडौं, कात्तिक २४
नेपाली चलचित्र ‘दिमाग खराब’ आजबाट देशभर प्रदर्शन हुँदै छ । चलचित्र निर्माण टिमले चलचित्र उत्कृष्ट बनेको बताएको छ । दिमाग खराब भनेको निश्चल बस्नेतको आफ्नो प्रस्तुति हो । चलचित्रमा अभिनेता एवं निर्देशक निश्चल बस्नेतले फिल्मको कथा तयार पार्न मात्रै करिब एक वर्षको समय लागेको थियो ।
-1699550583.jpg?timestamp=1699550644724)
बस्नेतले फिल्मको कथा रोमाञ्चक रहेको उनको दाबी छ । ‘दिमाख खराब” लामो समयपछिको ग्यापमा आएको हो । आम मानिस र नेताबीचको लडाइँको कथा भनिएको चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय रहेको छ । आकाश बरालको लेखन र सुशन प्रजापतिको छायाङ्कन रहेको चलचित्रलाई निश्चल बस्नेतले निर्देशन गरेका हुन् ।
तपाईको प्रतिक्रिया


