काठमाडौं, कार्तिक २५
प्रधानमन्त्री पुष्पकमल दाहालले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गर्नु भयो । शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भयो । उहाँले २०६४ कै स्थितिमा फर्किन नसकेपनि जनताको मन जितेर सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनु भयो ।

उहाँले सरकारबाट नयाँ आन्दोलनको शुरुवात गरेको र अझै नयाँ आन्दोलनको शुरुवात गर्ने उल्लेख गर्नु भयो । पछिल्लो समय आफुल नेतृत्व गरेपछि अर्थतन्त्रमा सुधार हुँदै गएको उहाँको दाबिछ । प्रधानमन्त्री प्रचण्डले राजश्व वृद्धि, पर्यटकमा वृद्धि र रेमिट्यान्स उत्साहजनक हुनुले अर्थतन्त्र सुधार भइरहेको बताउनु भयो ।
उहाँले भन्नु भयो, हामीले सरकारबाट पनि नयाँ आन्दोलनको शुरुवात गरेका छौँ । अझै गर्छौं । कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु, मुख्यमन्त्री हुन्छु, त्यो मुख्य कुरा होइन । मुख्यकुरा जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको हो । हामीले कति राम्रो कुरा शुरु गर्छौं त्यो मुख्य कुरा हो । अर्थतन्त्रमा केही सुधार भएको छ । राजश्व पनि वृद्धि हुन थालेको छ । पर्यटक त इतिहासमै सबैभन्दा बढी भित्रिएका छन् । रेमिट्यान्स धेरै नै बढेको छ । विदेशी मुद्राको सञ्चितिको स्थिति उल्लेख्य र उत्साहजनक छ । अर्थतन्त्रको समस्या समाधानका लागि तिहारपछि नै भेला गर्दैछु ।’

प्रधानमन्त्री प्रचण्डले देशमा अब केही हुन्छ की भन्ने आशाको रक्तसञ्चार शुरु भएको बताउनु भयो । उहँले सरकारलाई ढाल्न विभिन्न प्रतिक्रियावादीहरु सक्रिय भएको बताउनु भयो ।


