• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

इओन लिम्बुले फिल्म दुई कदमबाट डेव्यु गर्दै

  •   बुधबार, कार्तिक २९, २०८० मा प्रकाशित

काठमाडौँ, कात्तिक २९

अभिनेता इओन लिम्बु आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा दुई कदमबाट डेव्यु गर्दैछन् । अहिले प्रचारप्रसारको दौडधुपमा रहेका दुवै जना सिनेमालाई लिएर निकै उत्साहित छन् ।ताप्लेजुङका इओन हङकङमा जन्मिएका हुन् । काठमाडौंमा हुर्किए । अभिनयमा बाल्यकालदेखि रुचि राख्दै आए । अहिले उनले सिनेमा पढिरहेका छन् । उनी अस्कर इन्टरनेशनल कलेजमा ‘ब्याचलर इन सिनेमा स्टडिज’मा अन्तिम वर्षमा अध्ययनरत छन् ।

डेब्यु अभिनेता इओन सिनेमालाई लिएर यतिबेला डर, उत्साह, खुशी एकैपटक महसुस गरिरहेका छन् । बाल्यकालमा देखेको सपना पुरा गर्न पाउँदा उनी निकै उत्साहीत पनि छन् । तर, सिनेमाको पर्दामा देखेको जस्तो क्यामेरा अघि अभिनय गर्न सहज नरहेको बुझाई उनको छ ।
साथै उनले नृत्य लगायत सिनेमाको लागि आवश्यक पर्ने सवै तयारी गरेको बताउँछन् । सिनेमाको पहिलो दिन सेटमा पुगेर अभिनय गर्दाको क्षण अनौठो महशुस भएको उनले सुनाए ।

पहिलो दिन नै गीतको छायांकन भएकाले मेरा सिंगल सर्ट खिचिएको थियो । क्यामेरा अघि उभिदा डर र उत्साह दुवै थियो । तर निर्देशक उदय सुब्बाले आफुलाई निकै सहज रुपमा अभिनय गराउँनु भयो । जसले गर्दा त्यसपछिका दिनमा काम गर्न निकै सजिलो भएको अनुभव इओनको छ ।

निर्देशक सुब्बा निकै रमाइलो र सहज तरिकाले काम गराउने निर्देशक रुपमा पाए । उहाँ सहज नभई दिएको भए काम गर्न सहज हुँदैन् थियो होला । अनि दुई कदममा धेरै सिनियर कलाकारहरुले अभिनय गर्नु भएको छ । उहाँहरुसँग काम गर्दा के भन्नु होला भन्ने डर भन्दा नि कसरी राम्रो काम गर्ने भन्ने कुरा नै बढि माइन्डमा भएकाले पनि असहज नभएको बुझाई इओनको छ ।

सिनेमामा उनले चुलबुले केटाको भुमिका निवार्ह गरेका छन् । जो साथीहरुसँग घुँम्न, रमाउन र ट्राभल गर्न रुचाउँछ । आफु रियल लाइफमा पनि त्यस्तै भएकाले डेव्यु सिनेमा भएपनि चरित्र निर्माणको लागि धेरै तयारी गर्नु परेन् । आफूले गरेको मेहनत अब चाँडै पर्दामा आउँदैछ सोहीकारण अहिलेको समय आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण क्षण लागिरहेको छ उनलाई ।

इओन आफूले अभिनय गरेको पहिलो चलचित्र सोचेको भन्दा राम्रो बनेको बताउँछन् । सिनेमा क्षेत्रमै करिअर बनाउने सोचमा रहेका उनी पहिलो सिनेमामा भएका कमीकमजोरी सुधार्दै आगामी यात्रा अगाडि बढाउने तयारीमा छन् । धेरै मान्छे रहरले सिनेमा क्षेत्रमा आउने र १२ वटा सिनेमा गरेर हराउने भएपनि आफू बाल्यकालमा देखेको सपना पुरा गर्न आएकाले पहिलो सिनेमा जे(जस्तो भएपनि यही क्षेत्रमा करियर बनाउने सोच उनको छ ।

सिनेमाका सार्वजनिक प्रचार सामाग्री पश्चात उनका साथीहरुले पनि उनलाई हौस्याउन थालेका छन् । तिमेले राम्रो काम गरेका छौं । आगामी दिनमा अझ राम्रौ गर्न सक्छौं भनेकाले पनि इओन सिनेमालाई लिएर निकै उत्साही छन् । उनी मंसिर २९ चाँडै आओस र आफुलाई ठुलो पर्दामा हेर्न पाइयोस् भन्ने प्रतिक्षामा छन् । साथै आफ्नो पहिलो सिनेमा साथीहरुलाई देखाउन र उनीहरुको प्रतिक्रिया लिन पनि आतुर छन् ।
उदय सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमामा इओनका अलवा सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ ।
अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा तारा देवी लिम्बुको लगानी रहेको छ । सिनेमामा सिनेमाको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भुमिका निवार्ह गरेका छन् । सिनेमाको छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो । एक गीतको छायांकन मुस्ताङमा गरिएको छ ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन सिनेमामा रहेको छ । सिनेमालाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।

बुधबार, कार्तिक २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.