• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

भिमको पालाम गीत ‘मिम्जिमा ए’ मन्त्री किरातीले सार्वजनिक गरे

  •   शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित

काठमाडौँ , मंसिर १५
बिहिबार साँझ काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै मौलिक संस्कृतिमा आधारित पालाम गीत ‘मिम्जिमा ए’ सार्वजनिक गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीद्वारा सार्वजनिक गरिएको गीतमा गायक भिम लिम्बु र गायिका मनु नेम्वाङले स्वर दिएका छन् । पच्चीस मिनेट लामो म्युजिकल फिल्म सार्वजनिक गर्दै मन्त्री किरातीले यसले कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने बताए ।उनले गायक भिमसँगको पुरानो सम्बन्धलाई स्मरण गर्दै सङगीत यात्रामा अगाडि वढेको बताए ।

‘उनले सपना देखेर सङ्गीत यात्राको प्रारम्भ गरे । चौरमा बसेर गएको गीत र त्यो यात्रा सङ्घर्ष अहिले पनि मलाई स्मरण छ । मैले राजनीति रोजे र उनले सङगीत रोजे’, किरातीले भने,‘उनको गीतसङ्गीत प्रतिको लगाव अझैँ उस्तै छ । उनको गीत सार्वजनिक समारोहमा यसरी अतिथि बनेर आउन पाउँदा निकै खुसी छु ।’

उनले गीतसङ्गीतले समाजमा प्रभाव पार्ने भएको हुँदा यसमार्फत कला, संस्कृतिलाई समेट्दै सकारात्मक प्रभाव पार्ने कार्य गर्न आग्रह गरे । उनले भने, ‘लिम्बू समुदायले गाउने पालाम र ख्यालीको विशेष महत्व छ । पालामसँग लिम्बूहरुको सांस्कृतिक पहिचान जोडिएको छ । पहिचानसँग जोडिएका हरेक कलाको संरक्षण र सम्वर्द्धन गर्न आवश्यक छ ।’

गीतमा भिम र मनुसँगै कोरसको रुपमा रुकमान लिम्बु, निरन्ता नेम्वाङ्ग, शिव साम्बाहाम्फे, दीपा सुहाङ छन् । गीतको सङ्कलक गायक भिम नै छन् भने यसमा शब्द सुवर्ण नेम्वाङले लेखेका हुन् । गीतमा अशोक लोहरूङ राई एरेञ्जर, राजेश श्रेष्ठ रेकर्डिस्ट रहेका छन् भने किशोर थापाले मिक्सिङ गरेका छन् ।

गीतको सार्वजनिक भिडियोमा रेखा लिम्बु, मोन नाल्बो सुब्बा, विशाल सेनेहाङ, रुकमान लिम्बु, कृष्ण सेनेहाङ,नविन सेनेहाङ, खुसी थुलुङ, शैलेन्द्र नाल्बो लगायतले अभिनय गरेका छन् । तारेभिरको रमणीय दृश्यमा छायाङ्कन गरिएको गीतमा गाउँमा पाहुना आउँदा धान नाच्ने परम्परा र त्यहिँ भेटघाटको क्रम बसे मायालाई देखाईएको गायक लिम्बुले जानकारी दिए ।

‘कला, संस्कृतिसँगै संस्कारलाई गीतको शब्द र भिडियोमार्फत व्यक्त गरिएको छ । यसले त्यो परम्परालाई पुस्तान्तरण गर्न पनि मदत गर्छ । त्यसैले यो गीत मात्र नभई संस्कृति जोडिएको म्युजिकल फिल्म हो’ गायक भिमले भने,‘दुई दशक अगाडि गीतसङ्गीतमा पाईला टेकेता पनि यो लिम्बु भाषामा भने मेरो पहिलो गीत हो ।’

सार्वजनिक भिडियोमा नृत्य र निर्देशक लोकेन सावाले गरेका हुन् भने यसमा छायाङ्कन युवराज राई, मेकअप सञ्जु थलाङ, सम्पादन अनिल राना र फोली साउण्ड मानसी किरणले गरेका हुन् ।

गायक भिम झन्डै एक दशकको विश्राम पश्चात पुनः गायनमा सक्रिय भएका छन् । ‘माया मेरो झुटो रे’, ‘हाते काटेर’, ‘खुल्यो खुल्यो रस खुल्यो’, ‘फेसबुकैले’, ‘धानै नाचिन्छ’ जस्ता गीतमार्फत उनि गायनमा स्थापित भएका हुन् । उनले आउँदो समयमा यति ठूलो विश्राम नलिने र गीतसङ्गीतमा निरन्तरता दिने बताए ।

याक्थुङ युथ एशोसियसनका सचिव रुकमान लिम्बुले मन्तव्य राख्दै उपस्थितलाई धन्यवाद दिए । उनले भने,‘हामीले आफ्ना क्रियाकलापमार्फत मनोरंजनसँगै संस्कृतिलाई टेवा पुग्ने कार्य गरिरहेका छौँ । यो म्युजिकल फिल्मले नयाँ पुस्तलाई संस्कृति बारे जानकार गराउनेमा म विश्वस्त छु ।’

गीत सार्वजनिक समारोहमा भाषाविद तथा अभिनेता यासेली योङहाङ, नेपाल ट्रष्टका बोर्ड डाइरेक्टर याङजोम शेर्पा, किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष गोविन्द आङबुङ, गायक दीपक लिम्बु, सङ्गीतकार महेश खड्का, चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.