• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

नेपाली जुत्ता खरिदमा भुवा चप्पल उपहार

  •   बिहिबार, पुष ०५, २०८० मा प्रकाशित

चितवन, ५ पुस । नेपाली जुत्ता उद्योगी समूहले चितवनको नारायणगढमा बिक्री कक्ष (शोरुम) सञ्चालनमा ल्याएको छ । स्वेदशी जुत्ताहरुमा नेपाली उपभोक्तालाई आकर्षित गर्ने उद्देश्यले समूहमा आबद्ध विभिन्न सात वटा उद्योगबाट उत्पादित जुत्ताहरु बिक्री गर्नेगरी नारायणगढको चमेली बिग बजारमा बिक्री कक्षा सञ्चालनमा ल्याइएको हो ।

बुधबार उद्घाटन गरिएको बिक्री कक्षको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ तथा चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले संयुक्तरुपमा गर्नुभयो । बिग बजार नेपाली जुत्ता घर सञ्चालनका अवसरमा फुटवेयर मेनिफेक्चर एशोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले आफूहरुको प्रतिस्पर्धा विदेशी उत्पादनसँग हुने भन्दै नेपाली सामान गुणस्तरीय बनाउन प्रतिबद्धता जनाउनुभयो । नेपाली उद्योगीहरुसँग उत्पादनका हिसाबले प्रतिस्पर्धी भए पनि सात वटा उद्योगको सामान एकै ठाउँमा बिक्री गरेर नेपाली उपभोक्तालाई आकर्षित गरेको घिमिरेले बताउनुभयो ।

समूहले संयुक्तरुपमा बुटवलमा पहिलो बिक्री कक्ष राखेर सुरुआत गरेको यात्रा बिगबजारमा छैठौँ शाखा भएको घिमिरेको भनाइ छ । घिमिरेकाअनुसार आगामी दिनमा बिर्तामोड, इटहरी, बिराटनगर, भैरहवा, कपिलबस्तुको जीतपुरसहित देशका अन्य ठाउँमा समेत संयुक्त बिक्री कक्ष सञ्चालन गर्दै लगिनेछ । विशुद्ध नेपाली उत्पादन सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यसहित बिक्री कक्ष राखिएकोमा शुभारम्भको अवसरमा सबै उत्पादनमा १० प्रतिशत छुट तथा रु एक हजार पाँच सय भन्दा बढीको जुत्ता खरिदमा भुवा जुत्ता उपहार प्रदान गरिने उहाँले बताउनुभयो ।

नेपालमा उत्पादन भएका सबै प्रकारका जुत्ताहरु गुणस्तरमा विदेशी जुत्ताभन्दा स्तरीय तथा मूल्य सस्तो भएको एशोसिएसनका उपाध्यक्ष रुद्र न्यौपानेले बताउनुभयो । बिगबजारको बिक्री कक्षमा नेपालमै अत्यधिक रुचाइएका जुत्ता उत्पादन गर्ने कम्पनी फस्ट वाक, डिजे शु, बि एफ डियर हिल शु, क्रस रोड शु, स्मार्ट शु, रन शु र टुरिष्ट शुका १५ भन्दा बढी ब्राण्डमा तीन हजार मोडलका जुत्ताहरु बिक्री गरिने न्यौपानेको भनाइ छ । उद्योगबाट उत्पादन भएका जुत्ताहरु सिधै उपभोक्ताले खरिद गर्न पाउने भएकाले उपभोक्तालाई सस्तो मूल्यमा जुत्ता उपलब्ध गराउन सकिने भन्दै न्यौपानेले नारायणगढमा सञ्चालित बिक्री कक्षबाट चितवनसहित नवलपु, तनहुँ, धादिङ, मकवानपुर, गोरखा र लमजुङका उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो ।

कार्यक्रममा एशोसिएसनका निवर्तमान अध्यक्ष कृष्ण फुयाँलले जुत्ता चप्पलको क्षेत्रमा नेपाली जुत्ता कम्पनीहरुले ठूलो लगानी गरेका बताउनुभयो । उद्योगमा धेरैले रोजगार पाएका भन्दै उहाँले आफूहरुले सञ्चालन गरेको छ वटा बिक्री कक्षमा थप एक जना भन्दा बढीले रोजगार पाएका बताउनुभयो । देशको अर्थतन्त्रमा ठूलो योगदान नेपाली जुत्ता उत्पादक उद्योगहरुले पु¥याएका भन्दै उहाँले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्नका लागि समूहमा मिलेर आएको बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपाने, वरिष्ठ हास्य कलाकार मनोज गजुरेललगायतले मन्तव्य राख्नुभएको थियो ।

बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.