• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

छोरीहरुका लागि बाबुहरु ‘मेरुदण्ड’ जस्तो हुनुपर्छ : अभिनेत्री शुभेक्षा खड्का (कुराकानी)

  •   शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
‘मिस नेपाल-२०१२’की सेकेण्ड रनरअप शुभेक्षा खड्काको बुझाइ हो यो। बाबु छोरीका लागि हौसला हुँदा एउटी छोरीले सपना देख्नेमात्र होइन साकार बनाउन सक्छिन् । नेपाली बाबुहरुले आफ्ना छोरीहरुको अध्ययनमा लगानी गरिदिए उनीहरु आत्मनिर्भर भएर स्वाभिमानी जीवन बाँच्न पाउने उनको बुझाइ छ। आत्मनिर्भर भएपछि खुम्चिन पर्दैन। आफ्नो आगामी फिल्म ‘चित्रा’का बारेमा गफ्फिदा उनले यस्तो बताएकी हुन्। बाबुछोरीको सम्बन्धको कथा भन्ने यो सिनेमामा आफू महत्वपूर्ण भूमिकामा रहेको उनको भनाइ छ। फिल्मको विषय सबैका लागि रुचिकर हुने उनी बताउँछिन् । फिल्मलाई लिएर आशावादी उनीसँग गरिएको भलाकुसारी यस्तो छ :-
अभिनेत्री शुभेक्षा खड्काले ‘चित्रा’मा अभिनय गरेको पात्र कस्तो हो?

यो एउटा फ्रेस पात्र हो जसले सिनेमामा रमाइलो ल्याउने काम गर्छ, जुन बाबुछोरीको कथा देखाउन खोजिएको छ त्यसमा ‘मसला’को काम गरेको छ । हेर्दा सरल पात्र तर ट्विस्ट लेराउने पात्रका रुपमा फिल्ममा मलाई पाउन सकिन्छ।

यसरी ट्विस्ट र मसला बनेको पात्रलाई आफूले कतिको न्याय गरेछु भनेर पाउनुभयो ?

मैले दुई वटा फिल्म गरिसकें र इमानदारिताका साथ भन्नु पर्दा ‘चित्रा’माचाँहि सुटिङका दिनहरु कम भएपनि राम्रो भूमिकामा गरेकाले खुशी थिएं। अहिले डबिङमा हेर्दा मैले राम्रो गरेको रहेछु भनेर झनै खुशी भएकी छु।

फिल्महरुमा तपाईं कस्तो खाले भूमिकाको पर्खाइमा हुनुहुन्छ?

यस्तो खालको भन्ने छैन तर नयाँ खाले  कथा होस्, त्यसमा मेरो मात्रै भूमिका राम्रो होइन कि संमग्रमा नै राम्रो कथा बोकेको फिल्म होस् भन्ने मेरो चाहाना छ । एउटा यस्तो कथा जहाँ दर्शकले फिल्म हेरेर घर पुगिसकेपछि पनि त्यसले दिएको मनोरञ्जनको स्वाद स्मरणीय रहिराखोस् । भूमिका जस्तोसुकै होस् तर दमदार कथा भएको फिल्म होस्  ।

‘चित्रा’बाट तपाईंको अपेक्षा के हो?

हामीले प्रेमकथाहरु हेर्दै आइरहेका छौं। अहिले सामाजिक कथामाथि पनि फिल्महरु आइराखेकै छन् । त्यसमा ‘चित्रा’चाँहि पारिवारिक कथा हो, जसले बाबुछोरीको कथा देखाउँछ। मैले पर्दामा बाबुछोरीमाथि नै केन्द्रित भएर बनेको फिल्म नदेखेको धेरै भयो। यसले गर्दा पनि यो फिल्मबाट दर्शकले नयाँ स्वाद पाउनुहुन्छ।

बाबुछोरीको सम्बन्धलाई तपाईं आफू कसरी हेर्नुहुन्छ?

बुबाहरुको साथ छोरीहरुलाई भयो भने त्यो मेरुदण्डका रुपमा नै हुन्छ। आमाले त माया गर्नु नै हुन्छ तर बुबाहरुचाँहि भावनात्मक रुपमा कम उपलब्ध हुन्छन् भनिन्छ। तर उहाँहरुले छोरीको जीवनमा जस्तै पढाइसँगै करियरका हिसाबले सहयोगी हुँदाचाँहि एकदमै ठूलै र महत्वपूर्ण हुनजान्छ, त्यो छोरी अर्कै हुन्छे ।

 

तपाईंको आफ्नो जीवनमाचाँहि बुबाको भुमिका के छ?

एकदमै सहयोगी। उहाँ त मलाई सुरुसुरुमा यो क्षेत्रमा आएर राम्रो राम्रो फिल्म खेल्नुपर्छ भनेर प्रेरणा र भरोसा दिने व्यक्ति हो । मेरो हरेक सपनामा सहयोग गर्नुभएको छ।

फिल्मबाहेको केही त्यस्ता सम्झनाहरु छन् जसका लागि तपाईं आफ्नो पितालाई उहाँले यो गर्दिनाले म यहाँ छु भनेर सम्झिराख्नु हुन्छ?
धेरै क्षणहरु छन् । विशेष गरी मिस नेपालमा भाग लिदाको कुरा मेरो सम्झनामा छ । सन् २०१२ मा मिस नेपालमा सहभागी हुँदा म भर्खर १८ वर्ष पुगेकी थिएँ। त्यो समयमा म टेलिभिजनमा काम गर्थे तर पारिश्रमिक त्यस्तो राम्रो थिएन । मैले महिनाको ६ हजार कमाउँथे, त्यो पनि समयमा आउँथेन र मसँग कुनै बचत पनि थिएन । मिस नेपालको बेलामा तालिम सत्रहरुमा जाँदा आफूलाई अब्बल देखाउन अलिअलि खर्च गर्नुपर्थ्यो। पहिरन, मेकअप तथा गाडी भाडामा पैसा खर्च हुन्थ्यो । मलाई याद छ, उहाँले मलाई सजिलो होस्, गार्हो नहोस् भनेर हातैमा ठूलो रकम थमाउँदै ल तिमीलाई केमा खर्च गर्नुपर्छ मजाले खर्च गर्नु भनेर दिनुहुँदाचाँहि त्यतिबेला म धेरै भावुक बनेकी थिएं । उहाँको पोस्टिङ त्यतिबेला पोखरा ब्यारेकमा थियो। हातमा पैसा दिएर गएपछि म एकछिन अक्क न बक्क परें। पछि कुद्दै ढोकामा पुगेर अँगालो हाल्न पुगें ।
पछि फिर्ता गर्नुभयो त पैसा?

(हास्दै) त्यही पैसा भनेर त फिर्ता गरिन तर अरु प्रकारले गरें। त्यो बेलाको पैसा बराबरको मूल्य त मैले कहाँ चुकाउन सकूँला र?

नेपाली समाजमा बाबुआमाले छोरीको कमाइ खानु हुँदैन भन्ने छ। यो कुराचाँहि तपाईंलाई कस्तो लाग्छ ?

हामी यस्तो बराबरी र समानताको कुरा गर्छौं, अनि छोरी राम्रो कमाउँछिन् अनि पुर्‍याउनसक्ने अवस्थामा छिन् भने किन परिवारलाई सहयोग नगर्ने? त्यसो भन्नु बाबुआमाको एउटा आत्मस्वाभिमानको कुरा होला तर मिल्छ भने आफ्नो बाबुआमालाई गर्नुपर्छ।

मिस नेपालपछि विभिन्न खाले सामाजिक कामहरु गर्ने सिलसिलामा नेपालका विभिन्न ठाउँहरु पुग्नुभएको छ। आम नेपाली छोरीकहरुको जीवन कस्तो पाउनुभयो? उनीहरुका लागि बाबुहरुले के गर्नुपर्छ जस्तो लाग्छ?
१० वर्ष अगाडिको अवस्था र अहिले त धेरै नै परिवर्तनहरु भएका छन् । समाज र मानिसहरुको मानसिक्तामा राम्रै विकास भएको छ। तर मलाई अझै पनि बुबाहरुले छोरीहरुको पढाइमा लगानी गरिदिनुभयो भने उसले जीवनभर आर्थिकरुपमा जीविकापार्जन गर्नसक्छिन्। एउटा परिवार धान्न सक्ने गराउनुपर्छ। जब उनी आर्थिक रुपमा स्वावलम्बी भएर कुनै परिवारमा जान्छिन्, त्यहाँ उनले कसैको भर पर्नपर्दैन। अहिले यसो हेर्दा त्यही भर पर्ने अवस्थाले त छोरीहरु कमजोर हुने मुख्य कारण देखिएको छ नि । पैसा कमाइदैन, उहाँले कमाउनुभएको छ, खुवाउनुभएको छ, लगाइदिनुभएको छ भनेर खुम्चिने गर्नुपरेको छ। आत्मनिर्भर भएपछि आफ्नो निर्णय गर्नसकियो। त्यसैले बाबुहरुले आफ्ना छोरीहरुको पढाइमा लगानी गर्नुपर्छ।
भोलिका दिनमा तपाईं आमा बनेपछि छोराछोरीलाई लैगिंक समानताको कुनचाँहि कुरा नबिर्सी सिकाउनुहुन्छ?

सानोसानो कामहरु गर्नुपर्छ, छोरीमान्छेले मात्र घरको खाना बनाउने, सफाइको काम गर्ने नभइ छोराले पनि गर्नुपर्छ भनेर सिकाउँदै हुर्काउँने गर्नेछु। अर्को कुरा बाहिर निस्कदा सबैलाई सम्मान गर्नुपर्छ, कसैलाई कुना कुराको आधारमा भेदभाव गर्न हुँदैन भनेर सिकाउँछु।

 

शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.