गायक यश कुमारको शब्द, संगीत र स्वर रहेको गीत ‘तिमी छौ र त’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक म्यूजिक भिडियाेकाे लिरिक्स, म्यूजिक कम्पोज र स्वर गायक एस कुमारकै रहको छ भने गायक एस कुमार, अनु थापा, राजेश घतानी र प्रेम शुब्बाको अभिनय रहेको छ । दिनेश पराजुलीले छायांकन गरेको म्यूजिक भिडियोको निर्देशन विज्ञान राईले गरेका हुन् ।
गायक यश कुमारले मंगलबार नयाँ गीत ‘तिमी छौं र त’ सार्वजनिक कार्यक्रममा प्रेमले कुनैपनि जात नहेर्ने बताएका छन् । आफुले यो गीतमा ब्राहामण समुदायको युवा र लिम्बु समुदायकी युवतीबीचको पेम बुनेर म्युजिकल सिनेमा निर्माण गरेको उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया


