प्रधानमन्त्री कप एक दिवसीय छनोट प्रतियोगिताको सेमिफाइनल खेल्ने चितवन जिल्लाको सिनियर पुरुष टिमले जर्सी सार्वजनिक गरेको छ ।
भरतपुरस्थित निर्माणाधीन रंगशालाको नमुना क्रिकेट मैदानमा सम्पन्न कार्यक्रममा चितवन जिलला क्रिकेट संघले नयाँ जर्सी सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री कप एक दिवसीय छनोट प्रतियोगिताको सेमिफाइनल खेल्ने चितवन जिल्लाको सिनियर पुरुष टिमले जर्सी सार्वजनिक गरेको छ । भरतपुरस्थित निर्माणाधीन रंगशालाको नमुना क्रिकेट मैदानमा सम्पन्न कार्यक्रममा चितवन जिलला क्रिकेट संघले नयाँ जर्सी सार्वजनिक गरेको हो ।
त्यसबाहेक पनि सेन्ट्रल कलेजले संघको कार्यालय संचालनका आवश्यक पर्ने कम्प्युटर, प्रिन्टर लगायतका सामग्री सहयोग गर्ने कलेजका प्रिन्सिपल वाइबी पौडेलले बताउनु भयो। अब चितवन जिल्लाको क्रिकेट टिमले खेल्ने हरेक खेलमा प्राइमो र सेन्ट्रलको लोगो अंकित जर्सीको प्रयोग गर्नेछ ।
प्रभु बैंकले पनि एक वर्षका लागि ५० हजार रुपैयाँको प्रायोजन गर्ने सम्झौता गरेको छ । हरेक जिल्लाले क्रिकेट गतिविधि निरन्तर गराउन प्रायोजकको व्यवस्था गर्दै आन्तरिक स्रोत व्यवस्थापन गर्न आवश्यक रहेको चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले बताउनुभयो ।


