चितवन प्रहरीले १३ किलो लागुऔषध गाँजा सहित १ जना पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय नारायणगढ चितवनबाट खटिएको प्रहरीको टोलिले सूचनाको आधारमा आईतबार पक्राउ गरेको हो । चितवन जिल्ला माडी न. पा. वडा नं २ घर भई चितवन भ.म.न.पा वडा नं. ३मा डेरा गरि बस्ने ४३ वर्षिय दुर्गा अधिकारीलाई पक्राउ गरेको हो ।
अधिकारीले आफू बस्ने कोठामा लुकाई छिपाई राखेको अवस्थामा १३ किलो लागुऔषध गाँजा सहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको चितवन प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया


