काठमाडौँ ,२७ पुस
नवल खड्का को निर्माण ,निर्देशन तथा प्रमुख भूमिका रहेको चलचित्र ‘काँडेतार’ले दोश्रो गीत रिलिज गरेको छ । चलचित्रको ‘सके जोबन दिउँला माया’ बोलको गीत रिलिज गरिएको हो ।
सत्यकला राई र विक्रम राईको यु स्वर रहेको यो गीतका संगीतकार तथा गीतकार दिपक शर्मा हुन् ।गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गीतमा अभिनेता गौरव पहारीको साथमा सुरविना कार्की, रेबिका गुरुङ तथा प्रशान्त यादव फिचर भएका छन् ।
नेपाल भारतको सीमा समस्या उजागर गर्ने कथा बोकेको ‘काँडेदार’ फागुन २५ गते रिलिज हुँदैछ । ‘काँडेतार’मा गौरव, सुरविना, रेबिका, प्रशान्तका अलावा नवल खड्का एवम् मुरलीधरको प्रमूख अभिनय रहेको छ ।
सामना फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा ‘काँडेतार’को हालसम्म देशभरका विभिन्न जिल्लामा ६० बढि शोको आयोजना निर्माण टिमले गरिसकेको छ । खड्का देशभक्तिका कथामाथि लगातार सिनेमा बनाउने फिल्मकर्मीमा पर्छन् ।


