• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

सिक्लेसमा सिनेमा संवाद, तयारी पूरा

  •   बिहिबार, माघ ०४, २०८० मा प्रकाशित

पोखरा / चलचित्र पत्रकार संघ कास्कीले सिक्लेसमा ‘सिनेमा संवाद’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

माघ ६, ७ र ८ गते पर्यटकीय गाउँ सिक्लेसमा हुने कार्यक्रमको तयारी पूरा भएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले जानकारी दिए । उनले पर्यटकीय गाउँ सिक्लेसको प्रचारप्रसार र चलचित्र क्षेत्रको गतिविधि बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाए । उनका अनुसार कार्यक्रममा ‘सिनेमा र सरकार : हिजो, आज र भोली’, ‘नेपाली सिनेमाको स्वाद : कस्तो छ ? कस्तो हुनुपर्छ ?’ र ‘सिनेमा भित्र म, म भित्र सिनेमा : अनुभव ’ विषयमा बहस गरिनेछ । कार्यक्रममा चलचित्र क्षेत्रका विद्धत व्यक्तिहरुले अन्तक्र्रिया गर्ने अध्यक्ष अधिकारीले  बताए।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष एवम् अभिनेता भूवन केसी, अभिनेत्री गौरी मल्ल, चलचित्र निर्देशक एवम् लेखक प्रकाश सायमी, कलाकार तथा चलचित्र निर्देशक दिपाश्री निरौला, चलचित्र निर्माता संघका निर्वतमान अध्यक्ष एवम् कलाकार आकाश अधिकारी, चलचित्र निर्देशक एवम् कलाकार अनुप बराल , अभिनेत्री दिया मास्के, निर्देशक एवम् लेखक मनोज पण्डितले आफ्ना विचार राख्नेछन् । सहजकर्ताको भूमिकामा चर्चित संचारकर्मी रजतपटका संचालक प्रकाश सुवेदी, पत्रकार सुरज सुवेदी र संचाकर्मी एवम् रेडियो कान्तिपूरका कार्यक्रम प्रस्तोता सन्जोग बस्याल रहने जानकारी गराइएको छ ।

कार्यक्रम विकास बोर्डका अध्यक्ष केसीको प्रमुख आतिथ्यतामा हुनेछ । अधिकारीले ‘सिनेमा र सरकार : हिजो, आज र भोलि’ विषयमा वक्ताहरु चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसी, कलाकार एवम् चलचित्र निर्देशक दिपाश्री निरौला, चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष एवम् कलाकार आकाश अधिकारीले बहस गर्ने बताए । जसमा सहजकर्ताको भूमिकामा नेपाली सिने क्षेत्रसँग सम्बन्धित रहेर लामो समय देखि संचारकर्म गर्दै आएका एपीवान् टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम रजतपटका संचालक प्रकाश सुवेदी रहनेछन् । उक्त सेसनमा सरकार र सिनेमाको सम्बन्ध र आगामी तयारीका विषयमा बहस हुनेछ। ‘नेपाली सिनेमाको स्वाद : कस्तो छ ? कस्तो हुनुपर्छ ?’ विषयमा वक्ताहरु चलचित्र निर्देशक एवम् कलाकार अनुप बराल, चलचित्र निर्देशक एवम् लेखक प्रकाश सायमी र लेखक- निर्देशक एवम् समीक्षक मनोज पण्डित रहनेछन् । जसमा सहजकर्ताको भूमिकामा लेखक तथा चलचित्र समीक्षक सुरज सुवेदी रहनेछन् ।

उक्त सेसनमा नेपाली सिनेमाको कथावस्तुको विषयमा चर्चा हुनेछ । यस्तै ‘सिनेमा भित्र म, म भित्र सिनेमा : अनुभव’ विषयमा वक्ताहरु चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसी, अभिनेत्री गौरी मल्ल र अभिनेत्री दिया मास्के रहनेछन् । जसमा सहजकर्ताको भूमिकामा रेडियो कान्तिपूरका कार्यक्रम प्रस्तोता संचारकर्मी सन्जोग बस्याल रहने जानकारी गराइएको छ । उक्त सेसनमा केसी मल्ल र मास्केले आफ्नो कलाकारिता अनुभव प्रस्तुत गर्नेछन् । माघ ६ गते पोखराबाट सिक्लेसको यात्रा गरिने र बहस कार्यक्रम माघ ७ गते आइतबार मात्र हुने अध्यक्ष प्रभु अधिकारीले बताए । आइतबार तीनवटै सेसन सकेर सिक्लेसमा नै नेपाली चलचित्र पनि देखाइने र ८ गते मात्रै पोखरा फर्किने उनले उल्लेख गरेका छन् । कार्यक्रम मादी गाउँपालिका वडा नं. १ सिक्लेस, सिक्लेस होटल व्यवसाय समिति, सिक्लेस सामुदायिक होमस्टे व्यवस्थापन समिति, सिक्लेस युवा क्लब, सिक्लेस आमा समूहको समन्वयमा हुने जनाइएको छ । कार्यक्रमलाई सफल पार्न प्रोमोटेडको रुपमा गण्डकी प्रदेश सरकार, चलचित्र विकास बोर्ड, मादी गाउँपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठानले साथ दिएको छ । कार्यक्रमको हस्पिटालिटी पार्टनरमा लेकसाइड स्थित होटल पुस्कर र शारा होटल रहेको छ । रेष्टुरेन्ट पार्टनरमा ब्यञ्जन, कलाउड नाइन, मार्फा थकाली किचेन, सरुमा चुल्हो र दमदार बिरयानी रहेको चलचित्र पत्रकार संघ कास्कीका सचिव सन्तोष बस्यालले जानकारी गराए । उनका अनुसार टार्भल पार्टनरमा पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालि पोखराले साथ दिएको छ भने वेलनेस पार्टनरमा ट्रयाङ्कुलिटी स्पा रहेको छ ।

पेमेन्ट पार्टनरमा इसेवाले साथ दिएको छ । सहयोगी संस्थाहरुमा अन्नपूर्ण संरक्षण क्षेत्र योजना (एक्याप) रहेको उनले बताए । एजुकेसन पार्टनरमा एक्सपर्ट एजुकेसन र एडभेन्चर पार्टनरमा बन्जीले साथ दिएको छ । इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट रहेको छ भने मिडिया पार्टनरमा परिचय डटकम, मेरो फिल्म डटकम रहेको जनाइएको छ । कार्यक्रमलाई पब्लिक फोर के टेलिभिजन मार्फत लाइभ प्रसारण गरिनेछ । यसअघि सिनेमा संवाद घान्द्रुकमा गरिएको थियो ।

बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.