चितवन मेडिकल कलेज ९सिएमसी० ले हेटौंडाको चुरे हिल अस्पताल सञ्चालन गर्न सुरु गरेको छ । कलेजले चुरे हिल अस्पतालमा ६० प्रतिशत लगानी गरेर अस्पताल सञ्चालनमा ल्याएको हो । कलेजका अध्यक्ष तथा प्रवन्ध निर्देशक डा।हरिशचन्द्र न्यौपाने सिएमसीको व्यवस्थापनमा अस्पताल सञ्चालनको शुभारम्भ गरिएको जानकारी दिएका छन् । न्यौपानेका अनुसार मकवानपुर, वारा, पर्सा, रौतहट, सर्लाही लगायतका पूर्वका जिल्लाका बिरामीलाई उपचारमा थप सहजता होस् र भरतपुर नै आउनुपर्ने बाध्यता नहोस् भनेर चुरे हिल अस्पताल रोजेर सञ्चालनमा ल्याइएको हो ।
उनका अनुसार अस्पतालको नयाँ व्यवस्थापनले लिए लगत्तै इमर्जेन्सी, प्रयोगशाला, शल्यक्रिया, प्रसुती, ट्रमा, फार्मेसी, अन्तरंग लगायतका सेवाहरु २४ सैं घण्टा सञ्चालन हुनेछन् । अस्पतालमा अत्याधुनिक आइसीयू ९सर्जिकल आइसीयू र मेडिकल आइसियू०, पोष्टअप, आधुनिक अप्रेशन कक्ष र चितवन मेडिकल कलेजकै सुविधा हुने गरी अन्य व्यवस्थापन गरिने छ ।
ट्रमा, न्यूरो सर्जरी, अर्थोपेडिक्स सर्जरी, जनरल सर्जरी, प्रसुती, मुटु, स्त्री तथा प्रसुती, बाल रोग लगायतका सम्पूर्ण सेवा उपलब्ध चुरे हिलमा नै उपलब्ध हुने छ।उपचार सेवालाई गाउँ गाउँसम्म विस्तार गर्ने अस्पतालको नीति अनुसार चुरे हिल अस्पताल लिइएको अस्पतालका निर्देशक डा। दयाराम लम्सालले बताएका छन् ।


