२३ चैत्र ,काठमाडौं – घनश्याम लामिछानेको निर्देशनमा बन्न लागेको फिल्म ‘लन्डन टु पेरिस’मा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित भएकी छन्। मंगलबार निर्माण टिम अभिनेत्री शाहबीच लिखित सम्झौता भएको हो ।
एबी इन्टरनेसनलले निर्माण गर्न लागेको फिल्म बेलायत र फ्रान्समा छायांकन हुनेछ। फिल्ममा अमित बस्नेत, अजित केआर थापा, परी राना, अंकित गौतम र सनिष खकुरेको लगानी छ।फिल्मको छायांकन आगामी असारबाट सुरू गर्ने निर्माताको तयारी छ।
एबी इन्टरनेसनलले विदेशमा एक साथ दुई फिल्मको छायांकन गर्दैछ। त्योमध्ये एउटा फिल्ममा अनमोल केसी र सारा सिरपाइलीको जोडी रहनेछ। साम्राज्ञी नयाँ फिल्म ‘ह्यारीकी प्यारी’को प्रदर्शनको पर्खाइमा छिन्।
एबी इन्टरनेसनलको ब्यानरमा निर्माण हुने सिनेमाको बेलायत र फ्रान्समा हुने निर्माता अजित कुमार थापाले बताए । एबी इन्टरनेसनलले विदेशमा एक साथ दुई सिनेमाको छायांकन गर्दैछ । त्योमध्ये एउटा सिनेमामा अनमोल केसी र सारा सिरपाइलीको जोडी रहनेछ ।
एबी इन्टरनेसनलले विदेशी चलचित्रको वितरणको काम पनि गरिरहेको छ । यो कम्पनिले हालै अक्षय कुमार अभिनित ‘बच्चन पाण्डेको नेपाल वितरण जिम्मेवारी लिएको थियो ।एबी इन्टरनेशनलले निर्माण गरेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ । सुदर्शन थापा निर्देशित चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ र सोन मतोप्देनको अभिनय रहेको छ ।


