२३ चैत्र , काठमाडौं – अभिनेत्री नीता ढुंगानाले नया चलचित्र निर्माण गर्दैछिन् ।नीताले निर्माण गर्ने चलचित्र ‘ह्रस्वदीर्घ’मा सलोन बस्नेत अनुबन्धित भएका छन् ।
चलचित्र ‘ह्रस्वदीर्घ’को लागि सलोन र निर्माण कम्पनीबीच मंगलबार सम्झौता भएको छ ।चन्द्र पन्तले निर्देशन गर्ने चलचित्रको प्रमुख भूमिकामा सलोन फिचर्ड हुने जनाइएको छ ।
सलोन सगै ‘ह्रस्व-दीर्घ’ मा निता ढुंगाना ,युवा ज्यातिष हरिहर अधिकारीको मुख्य बुमका रहने छ । शुभ लभ पश्चात् हरिहरले ‘ह्रस्व-दीर्घ’ मा अभिनय गर्न लागेका हुन् ।
निता फिल्मस्को व्यानरमा निर्माण हुने फिल्मको नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा छायांकन गरिनेछ । निर्माता तथा नायक हरीहर अधिकारीका अनुसार फिल्म नेपाली र हिन्दीमा भाषामा निर्माण हुने बताए ।
तपाईको प्रतिक्रिया


