२३ चैत्र , भारत नियन्त्रित कास्मिरमा प्रहरीले बुधबार यस क्षेत्रमा भएको गोली हानाहानमा दुई जना विद्रोहीको मृत्यु भएको जनाएको छ ।
भारतीय नियन्त्रित कास्मिरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट करिब ४४ किलोमिटर दक्षिणमा रहेको पुलवामा जिल्लाको त्राल क्षेत्रमा गोली हानाहान भएको प्रहरीले जनाएको छ ।
विद्रोहीसँगको भिडन्तमा सरकारी फौजलाई कुनै क्षति नभएको प्रहरीले जनाएको छ । अधिकारीहरूका अनुसार सरकारी सेनाले विशेष गुप्तचर सूचनाका आधारमा क्षेत्रलाई घेराबन्दी गरेको सिन्ह्वाले जनाएको छ ।
तपाईको प्रतिक्रिया


