२३ चैत्र , काठमाडौं – वैशाख २३ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘षट्कोण’को टिजर सार्वजनिक गरिएको छ ।कर्मा र भोलाराज सापकोटा मुख्य भूमिकामा रहेको साइकोलोजिक थ्रिलर जानरामा निर्माण भएको चलचित्रको टिजरले दर्शकमा कौतुहलता जगाउँछ ।
चलचित्रमा कर्मा र भोलाराज सापकोटासँगै लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बूलगायतको अभिनय छ ।चलचित्रमा कर्मा एक मर्डर मिस्ट्रीको खोजीमा लागेको पत्रकारको भूमिकामा छन् ।
चलचित्रलाई मिलन डि काप्रीले निर्देशनगरेका हुन् । शिशिर लिम्बू वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् ।आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले चलचित्रलाई सम्पादनगरेका हुन् ।
तपाईको प्रतिक्रिया


