• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ६. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • ९. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • १०. वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

विश्वलाई गोर्खा सैनिकको ईतिहास चिनाउन फिल्म ‘गोर्खा वारियर्स’ :निर्देशक मिलन चाम्स

  •   बुधबार, माघ २४, २०८० मा प्रकाशित

नारायणगढ, २४ माघ । फागुन ११ गते बाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गोर्खा वारियर्स’ युनिटले प्रचारप्रसारलाई तीव्र पारेको छ । प्रदर्शन मिति नजिकिदै गर्दा प्रचारप्रसारका लागि चलचित्र युनिट देशदौडाहामा व्यस्त छ । सोही क्रममा चलचित्र युनिटले आज (बुधबार) चितवनमा पत्रकार भेटघाट गरेको छ ।

नारायणगढस्थित होटल ह्याप्पी होममा आयोजित पत्रकार सम्मेलनमा निर्देशक मिलन चाम्सले विश्वलाई गोर्खाली चिनाउन चलचित्र निर्माण गरिएको बताएका छन् । विश्वभर ब्राण्ड नै बनेको गोर्खाको ईतिहासलाई चलचित्र मार्फत देखाउन खोजिएको चाम्सको भनाइ थियो ।

गोर्खा सैनिकले लडेको लडाई भित्रको संघर्ष तथा सफलताको कथाको गहिराईलाई विश्व सामू चिनाउन आवश्यक रहेको उनले बताए । पृथ्वीनारायण शाहको पालामा बनेको गोर्खालीको पहिचानलाई चलचित्रको माध्यमबाट देखाउन खोजिएको उनको भनाइ थियो । ‘पृथ्वीनारायण शाहले बनाउनुभएको गोर्खालीको पहिचान विश्वमा ब्राण्ड नै बनेको छ । गोर्खा भनेपपछि संसारभर नै चर्चित छ । यो नेपालीको इमान्दारिता र विरताले बनेको ब्राण्ड हो । यसको गहिराईमा पुगेर एउटा दस्तावेज बन्न जरुरी थियो । त्यसैले हामीले यो चलचित्र बनाएका हौं’, चाम्सले भने ।

गोर्खा सैनिक ‘जंगल वार’ का लागि चिनिने भन्दै चाम्सले यही बिषय चलचित्रमा उठाईएको बताए । गोर्खाको ईतिहास अब जोगाउन जरुरी रहेको चाम्सले बताए । चलचित्रले नयाँ पुस्तालाई वीर गोर्खालीको ईतिहास बुझाउन खोजेको पनि चाम्सको भनाइ थियो । बलिउडमा बन्ने फिल्ममा गोर्खा सैनिकलाई चौकीदारको रुपमा प्रस्तुत गरेर तल्लोस्तरको देखाईने गरेको भन्दै चाम्सले यस चलचित्रबाट गोर्खा सैनिकको वास्तविकता देखाउन खोजिएको बताए ।

चलचित्रका नायक रितेश चाम्सले ७० वर्ष अघिको गोर्खा सैनिकको कथा चलचित्रमा उठान गरिएको बताए । उनले चलचित्र कथा सुन्ने बित्तिकै आफू काम गर्न राजी भएको बताए । नेपाली ईतिहासका नदेखाईएका र नभनिएका धेरै कथा मध्य ‘गोर्खा वारियर्स’ एउटा कथा भएको उनको भनाइ थियो । उनले यही चलचित्रबाट सिनेमा क्षेत्रमा डेब्यु गरेका हुन् ।

नायिका रेविका गुरुङले गोर्खाली सैनिक युद्धामा जाँदा परिवारले भोग्नु परेको व्यथा चलचित्रमा रहेको बताईन् । गोर्खा सैनिकको परिवारले गरेको त्यागलाई चलचित्रले देखाउन खोजेको गुरुङले बताईन् । स-सना कुरालाई पनि गहिराईमा पुगेर अध्ययन गरे पश्चात चलचित्र तयार भएको उनको भनाइ थियो ।

७० वर्ष अघिको नेपाली महिलाको चरित्र निभाउनु वास्तवमै चुनौतीपूर्ण रहेको उनले सुनाईन् । निर्देशक चाम्सले आफू माथि विश्वास गरेर दिएको पात्रलाई न्याय गर्न शतप्रतिशत मेहनत गरिएको उनको भनाइ थियो । पुर्खाको कथा बुझ्न सबैले चलचित्र हेर्नुपर्ने उनले बताईन् । चलचित्रले समग्र नेपाललाई प्रतिनिधित्व गर्ने उनको भनाइ थियो ।

चलचित्र बिकास बोर्डका सदस्य रविचन्द्र अधिकारीले यस किसिम चलचित्र यस अघि नबनेको बताए । यस किसिमको चलचित्रलाई सरकारले पनि कर छुट दिनुपर्ने भन्दै अधिकारीले यसका लागि बिकास बोर्डबाट आवश्यक पहल गर्ने बताए । यो चलचित्र चले नेपाली ईतिहास बोक्ने अन्य चलचित्र बनाउन निर्माताहरु अघि सर्ने उनको भनाइ थियो ।

बुधबार, माघ २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ
कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ
मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)
अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक
‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज
रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

  • ६.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

भर्खरै

  • १.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

  • २.
    कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

  • ३.
    मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)

  • ४.
    अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक

  • ५.
    ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज

  • ६.
    रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

  • ७.
    ‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को

  • ८.
    ‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.