• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

मेयर्स कप खेल्ने १० विद्यालयलाई एक्सपर्टले दियो खेल सामग्री

  •   बुधबार, माघ २४, २०८० मा प्रकाशित

भरतपुर, २४ माघ
भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताका सहभागी सामुदायिक विद्यालयलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवन क्रिकेट खेल सामग्री हस्तान्तरण गरेको छ ।

विद्यालयस्तरबाटै खेलकुद विकास गर्ने उद्देश्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा यही माघ २६ गतेदेखि हुन लागेको प्रतियोगितामा सहभागी भरतपुर महानगरपालिकाभित्रका १० सामुदायिक विद्यालयलाई बुधबार खेल सामग्री दिइएको हो । भरतपुर महानगरपालिका सभाहलमा आयोजित कार्यक्रममा मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी, एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पियालगायतले सहभागी विद्यालयलाई खेल सामग्री हस्तान्तरण गरे ।

उक्त अवसरमा मेयर्स कप क्रिकेट विजेताले प्राप्त गर्ने रनिङ ट्रफीसमेत अनावरण गरिएको छ । २० टिम सहभागी प्रतियोगिता जित्नेले रनिङ ट्रफी पाउने छ ।एक्सपर्टले कुल ८ लाख ६० हजार रुपैयाँ मूल्य बराबरका खेल सामग्री र गेम जर्सी प्रायोजन गरेको छ । त्यसमध्ये खेल सामग्री १० वटा सामुदायिक विद्यालयले प्राप्त गरेका छन् भने राउण्ड रोबिन लिग खेल्ने १० टिमले फागुन ४ गते जर्सी पाउने छन् ।

‘ग्रासरुट क्रिकेट’ विकास गर्ने अभियानका साथ चितवन जिल्ला क्रिकेट संघको सहआयोजना तथा एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनको मुख्य प्रायोजनमा भरतपुर महानगरपालिकाले यो प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता टि–२० फम्र्याटमा खेलाइने छ ।
खेल सामग्री हस्तान्तरण गरेपछि मेयर दाहालले एक्सपर्टको सहयोग ग्रासरुट खेल विकासमा ऐतिहासिक र प्रेरणादायी भएको बताइन् । यो सहयोगले चितवनमा क्रिकेट खेल विकास र रंगशाला निर्माणमा थप ऊर्जा थपिएको बताइन् । निर्माणाधीन गौतम बुद्ध रंगशालाको बाँकी काम छिट्टै नै सुरु हुने बताउँदै उनले अन्तर्राष्ट्रियस्तरको खेलमा सहभागी हुने खेलाडी चितवनबाट उत्पादन गर्न यस्ता सहकार्यले योगदान दिने बताइन् ।

रंगशाला निर्माण सकी २०२७ मा हुने यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता त्यहीँ आयोजना गर्ने प्रयासमा महानगरपालिका रहेको उनले बताइन् । विगतमा भारत–पाकिस्तान क्रिकेट प्रतियोगिता चितवनको रंगशालामा गर्ने भनेकोमा धेरैले खिसिटिउरी गरेको भन्दै उनले अब छिट्टै रंगशाला बनेपछि त्यो सपना पनि पूरा हुने बताइन् ।आफूले पहिलो कार्यकालदेखि नै खेल विकासलाई प्राथमिकतामा राखेको बताउँदै उनले दोस्रो कार्यकालमा पनि त्यसलाई निरन्तरता दिएको बताइन् ।

एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले खेल विकासमा एक्सपर्ट लामो समयदेखि लागिरहेको बताउँदै महानगरसँगको सहकार्यमा विद्यालयस्तरमै सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।उपमेयर चित्रसेन अधिकारीले खेल विकासमा सरकारी र निजी क्षेत्रको सहकार्य जरुरी रहेको बताए । रंगशाला निर्माणसँगै खेलाडी उत्पादनलाई पनि विशेष प्राथमिकता दिएर महानगर अघि बढेको बताए । नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्यालले विद्यालयस्तरबाट खेल विकास गर्न सकिए राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेल विकास सम्भव हुने बताए ।

चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले ग्रासरुट खेल विकासमा यो प्रतियोगिता कोशेढुंगा सावित हुने बताए ।यस प्रतियोगितामा भरतपुर महानगरपालिकाभित्रका १० सामुदायिक र १० संस्थागत माध्यमिक विद्यालय गरी कुल २० टिमले सहभागिता जनाउने छन्। तिनीहरूलाई दुईवटा समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने छ । यो चरणमा कुल १० खेल हुने छन् । नकआउट चरणबाट ५ सामुदायिक र ५ संस्थागत विद्यालय दोस्रो चरणमा प्रवेश गर्ने छन् ।

फागुन ४ गतेदेखि दोस्रो चरण सुरु हुने छ । जसमा नकआउट पार गरेका १० टिमलाई गोलाप्रथाद्वारा दुई समूहमा विभाजन गराइने छ । ५–५ टोली रहने दुई समूहहरूलाई अन्तरसमूह राउण्ड रोबिन विधिमा लिग खेलाइने छ । समूहका उत्कृष्ट २–२ टोली सेमिफाइनल प्रवेश गर्ने छन् । प्रतियोगितामा कुल ३५ खेल खेलाइने छ ।

‘भरतपुर मेयर्स कप रनिङ ट्रफी’का साथमा मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले विजेता र उपविजेतालाई क्रमशः ६० हजार र ३० हजार रुपैयाँ मूल्य बराबरका खेल सामग्री प्रदान गर्ने छ ।

बुधबार, माघ २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.