भरतपुर,२४ चैत ।नेकपा एमालेका वडा समिति सदस्य र टोल समिति अध्यक्ष माओवादीमा प्रवेश गरेका छन ।
भरतपुर महानगरपालिका वडा – ११ को पार्टी कमिटि सचिवालय सदस्य जमुना परियार र त्यसै वडाको दरबार चोक टोलको पार्टी समिति अध्यक्ष महेश शाहा नेकपा माओवादी केन्द्रमा पवेश गरेका हुन् । संयुक्त विज्ञप्ती मार्फत नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रबेश गरेको उनीहरुले जानकारी गराएका छन् । उनीहरुले आफुहरुको भोगोललाई उपभोग गरेर व्यक्ति केन्द्रित बिभिन्न गतिबिधि भएकाले एमाले परित्याग गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।
हाम्रो सामाजिक राजनैतिक चेतना झन मुखरित होला भन्दा हामी जस्तो एउटा पछाडि परेको बर्ग बाट अगाडि आउन चाहना राख्ने हामी माथि बिभिन्न प्रकारका अफवाह फैलिरहेको अहिलेको अबस्थामा आजकै मिति बाट हामी नेकपा एमाले पार्टिको कुनै पनि तहमा नरहने र हामी आफ्नो स्वतन्त्रता प्रयोग गरि यो पार्टिको आबद्धता त्याग गर्दै जनताको पार्टि माओवादि केन्द्र पार्टिमा प्रबेश गर्ने घोषणा गर्दछौ – जमुना परियार र महेश शाहाले निकालेको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।
उनीहरुले नेकपा माओवादी केन्द्र भरतपुर –११ का अध्यक्ष प्रकाश देवकोटालाई उत्त विज्ञप्ती प्रदान गरि आफुहरु माओवादीमानै रहेर राजनितिक यात्रा गर्ने समेत बताएका थिए ।बुधबार मात्र चितवनमा २०० सय भन्दा बढी एमाले परित्याग गरि माओवादीमा प्रवेश गरेका थिए ।



