चलचित्र पत्रकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना र चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौँडामा चार सेसनमा अन्तरसंवाद र एक फिचर लेखन कार्यशाला गरि सम्पन्न भएको छ । चार दिने प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला आईतबारदेखि सुरु भएको थियो ।
कार्यशालाको शुभारम्भ गर्दै हेटौडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले नेपालमा व्यावसायिक रुपमा चलचित्र पत्रकारिता फस्टाइरहेले खुशी व्यक्त गर्नुभएको थियो । कार्यशालामा ‘फिल्म सेन्सर कि ग्रेडिङ?, ‘सिनेमा बजार’, ‘मिडिया प्रमोसन र कर्पोरेट लगानी’ र ‘सिनेमा पर्यटन’ विषयमा अन्तरसवांद गरिएको थियो ।
‘फिल्म सेन्सर कि ग्रेडिङ?’ विषयको अन्तरसवांद पत्रकार सञ्जोग बस्यालले सहजीकरण गरको थियो । अन्तरसंवादमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहाल, फिल्म निर्देशक मनोज पण्डित, सेन्सर बोर्डका सदस्य निश्चल बस्नेत र चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी वक्ता रहनु भएको थियो । बोर्डका पूर्व अध्यक्ष दयाराम दाहालले सेन्सर बोर्डका कारण चलचित्र विकास बोर्डले अपजस खाइरहनु परेको गुनासो गर्नु भयो । ‘सेन्सर बोर्डलाई यात बोडकै अधिनमा ल्याउनु पर्यो, यात संसर बोर्डलाई सूचना तथा सञ्चार मन्त्रालयभन्दा बाहिर निकाल्नुपर्यो’, भन्नेमा उहाले जोड दिनुभयो ।

यसैगरि तेस्रो सेसनमा ‘सिनेमा बजार’ विषयमा अन्तरसवांद गरिएको छ । चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले आफूहरु पनि नेपाली चलचित्रको बजारको खोजीमा रहेको जानकारी गराउनु भयो । अभिनेत्री स्वस्तिमा खड्काले ‘पहिला अभिनेत्रीकै रुपमा काम गर्दा म मेरो पारिश्रमिक लिएर त्यही अनुसार अभिनय गर्थें । अब निर्माताका रुपमा आउँदैछु । चलचित्र निर्माणका विषयमा मेरो एकजना साथीसँग आर्थिक पाटोको कुरा गर्दा निर्मातालाई पैसा उठाउन गाह्रो हुने गरेको अनुभव सुनाउनु भयो ।
‘मिडिया प्रमोसन र कर्पोरेट लगानी’ अन्तरसवांदमा निर्माता तथा अभिनेता रविन्द्र सिंह बानियाँले चलचित्रको प्रमोसनमा मिडियोका नयाँ आयाम खोज्ने प्रयासमा आफूहरु रहेको बताउनु भयो । चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ निर्माणदेखि रिलिजको तयारीमा रहेको ‘महाजात्रा’ सम्म आइपुग्दाको मिडिया प्रमोसनको स्मरण गर्दै अब भने नयाँ योजना र आयाममा चलचित्र प्रमोसन गरिने बताउनु भयो ।
कार्यशालाको अन्तिम सेसनमा ‘सिनेमा पर्यटन’ विषयमा अन्तरसवांद गरिएको छ । सञ्चारकर्मी दिनेश डिसीले सहजीकरण गरेको अन्तरसंवादमा नेपाल पर्यटन बोर्डका डा. सूर्य थपलिया, चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहाल, अभिनेत्री केकी अधिकारी र चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी वक्ता रहनु भएको थियो ।
अन्तरसम्बादमा विकास बोर्डका अध्यक्ष भुवन केसीले पर्यटनसँग नेपाली चलचित्र रहेकाले विदेशीले जबसम्म नेपाली चलचित्र हेर्दैनन्, तबसम्म नेपालको पर्यटन प्रवद्र्धन नहुने बताउनु भयो । उहाँले नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्नका लागि चलचित्र विकास बोर्डले निरन्तर छलफल गरेको सम्झँदै लण्डन र कतार भ्रमणका क्रममा त्यहाँका राजदुतसँग चलचित्र पर्यटन प्रवद्र्धनका लागि पहल गसरिरहेको बताउनु भयो ।
यसैगरि पर्यटन बोर्डका डा. सूर्य थपलियाले आजसम्म पनि चलचित्र र पर्यटनलाई उद्योगको मान्यता नदिइरहँदा पनि चलचित्रले नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान दिइरहेको बताउनु भयो । उहाँले गाउँका अग्र्यानिक कथा, संस्कृतिलाई प्राथमिकता दिएर चलचित्र निर्माण गर्न सके त्यसले आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा योगदान दिने जानकारी गराउनु भयो ।
चार दिने प्रथम राष्ट्रिय भेलामा चलचित्र पत्रकारिता सम्बन्धि फिचर लेखन कार्यशाला गरि भेला सम्पन्न भएको छ ।


