लिम्बु संस्कृतिलाई समेटेर बनाईएको फिल्म ‘सुगुप’को पनि इटहरीमा ‘विशेष शो’ आयोजना गरिने भएको छ । यो फिल्ममा लिम्बू भाषा र संस्कृति उठान गर्न खोजिएको छ ।
इटहरीको इलाईट सिनेमा हलमा यो फिल्मको २ शो प्रदर्शन गरिने फिल्म युनिटले जनाएको छ । विशेष शोको लागी यतिबेला तयारी भैरहेको फिल्मकी कलाकार समेत रहेकी इटहरी प्रदर्शनको जिम्मेवारी पाएकी डम्बर कुमारी पोयाङ्बो मेन्याङ्बोले जानकारी गराईन् ।
ग्याल्पो लोछारको अवसर पारेर इटहरी प्रदर्शन गर्न लागिएको फिल्म दिनको १२ बजेदेखि प्रदर्शन गरिने छ ।

निर्माण युनिटले ‘सुगुप’ को केहिसाता अघि ट्रेलर समेत सार्वजनिक गरेको थियो । ३ मिनेट १० सेकेन्ड लामो ट्रेलरमा फिल्मका प्रमुख पात्रहरुलाई फिचर्ड गरिएको छ । चोकफुङ ईन्टरटेनमेन्ट प्रालीको ब्यानरमा यो फिल्मलाई रबिन कुमार नाल्बोले प्रस्तुत गरेका हुन् भने निर्देशक लोकेन साँवा हुन् । देबेन्द्र खापुङको पटकथा रहेको ‘सुगुप’को रबिन कुमार नाल्बो प्रमुख निर्माता हुन् भने दिलमाया लाबुङ नाल्बो र सैलेन्द्र कुमार नाल्बो निर्मातासंगै एल पि साँवा, मनिसा नाल्बो, श्री प्रसाद माबो र राम प्रसाद पंधाक सह(निर्माताको रुपमा रहेका छन् ।
यो फिल्मको पहिलो ‘विशेष शो’ हङकङमा भब्य आयोजना भएको थियो भने यहि फागुनको १२ र १७ गते काठमाडौमा समेत ‘विशेष शो’ को आयोजना हुँदैछ ।
बिराटनगर र धरानमा समेत इटहरीसंगै एकसाथ ‘सुगुप’को विशेष प्रदर्शन गर्ने तयारी रहेको छ । यो फिल्ममा वरिष्ठ कलाकार प्रेम सुब्बा, यासेली योङहाङ, फुलन्देको बाउ उपनामले परिचीत मौसम ईम्बुङ लिम्बू, बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बर कुमारी पोयाङ्बो मेन्याङ्बो, योमन सोदेम्बा, सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम।के। योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेला लगायतको अभिनय रहेको छ ।
सुगुपको ट्रेलर हेर्नुस्



