• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने गोर्खा वारियरको ऐतिहाँसिक प्रिमियर

  •   बिहिबार, फागुन १०, २०८० मा प्रकाशित

शुक्रबार ११ फागुनबाट देशव्यापी रिलिज हुने अन्तराष्ट्रिय एतिहाँसिक नेपाली चलचित्र ‘गोर्खा वारियर’को बुधबार बेलुका काठमाडौँको कमलपोखरीस्थित बिग मूभिजमा भब्य रेड कार्पेट प्रिमियर गरिएको छ ।

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराती, पूर्व उपप्रधान मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, साँसद ज्ञानेन्द्र बहादुर शाही, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, नेपालका लागि बेलायती राजदुत रब फेनलगायत अग्रज देखि नयाँ पुस्तका चलचित्रकर्मी, सञ्चारकर्मी तथा विभिन्न संघ संस्थाका पदाधिकारीले रेड कार्पेट प्रिमियरमा सहभागी भएर यो चलचित्र हेरे ।


चलचित्रको प्रिमियर अघि रेड कार्पेट कार्यक्रम आयोजना गरिएको थियो । रेक कार्पेटमा अतिथिहरुलाई ब्यान्ड बाजासहित भव्य स्वागत गरिएको थियो ।
गोर्खा वारियर हेरेपछि एमाले अध्यक्ष ओलीले नेपालमा आफुले हेरेको मध्य युद्ध सम्बन्धि निकै राम्रो सिनेमा बनेको छ भने,‘यसले नेपाली कथा र विषयलाई समेटेको छ । चलचित्र भवनमा रहँदा मैले हाम्रो कथालाई पर्दामा हेर्न पाउँदा खुसी महसुस गरेँ ।’ उनले यो चलचित्रलाई नेपाल सहित अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्न सबैले सहयोग गर्नु पर्ने अपिल समेत गरे ।


यस्तै सिनेमा हेरेपछि आफु निकै भावुक भएको बताउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीले भने,‘मेरो बुबा र बाजेले पनि बृटिस सेना भएर मलाय सहित अन्य युद्ध लड्नु भएको थियो । सोही कारण यो चलचित्र हेर्दा मैले आफ्नो कथा जोडिएको पाएँ ।’ यो चलचित्रलाई हरेक नेपालीले हेर्नुपर्छ भन्दै मन्त्री किारतीले अगाडि थपे,‘हाम्रो पुर्खाले लडेको युद्धसँगै वीर भनेर पाउने सम्मानका बारेमा हामी अवगत हुने मौका यो चलचित्रबाट पाउनेछौँ ।’


यो चलचित्रले नेपालीको वीरताको गाथालाई विश्वभरमा फैलाउने भनाई राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्गदेनले अगाडि थपे, ‘हामो देश नेपाललाई सगरमाथा झैँ गोर्खालीको देश भनेर पनि चिन्ने गरिन्छ तर यस्तो विषयमा चलचित्र निर्माणको सँख्या निकै कम हुनु भने दुःखद हो ।’ यस्ता ऐतिहाँसिक मौलिक चलचित्रलाई हामीले हेरेर हौसला प्रदान गर्नु पर्ने उनको सुझाब थियो ।
यस्तै सँघीय सांसद ज्ञानेन्द्र शाहीले राज्यले चलचित्रको विकाशका लागि उपयुक्त नीति नल्याएको भन्दै धेरै समयमा एक पटक बन्ने गोर्खा वारियर जस्ता ऐतिहाँसिक चलचित्रलाई सरकारले बिशेषरुपमा सहयोग गर्नु पर्ने बताए ।


अग्रज अभिनेता हरिवंश आचार्य पनि चलचित्रको खुलेर प्रसँसा गर्दै भने ,‘आजभन्दा ८० वर्ष अघिको समाजको कथा र गोर्खालीको सेनाको गाथा निकै मार्मिकसँग यो चलचित्रमा उतारिएको छ । नेपालमा युद्ध सम्बन्धि यतिराम्रो चलचित्र यस अघि कहिल्यै बनेको थिएन ।’
यो चलचित्र हेरेपछि निर्माता संघका अध्यक्ष नवल खड्का, अभिनेताहरु सरोज खनाल, गजित विष्ट, प्रशान्त ताम्राकार, प्रवण भुसाल, अभिनेत्री प्रियङ्का कार्की, पल्पसा डँगोल, श्रद्धा क्षेत्री, गरिमा शर्मा, कलाकारहरु किरण केसी, निर्मल शर्मा, दीपक आचार्य (काकु), कुमार कट्टेल, हरिस निरौला, निर्देशक ज्ञानेन्द्र देउजा, दिवाकर भट्टराई, वितरक करण श्रेष्ठलगायतले गोर्खा वारियरको खुलेर प्रसँसा गरे ।

प्रिमियर शोमा यो चलचित्रका निर्देशक मिलन चाम्सले भने,‘मैले गोर्खाली सेना र गोर्खा वारियरबारे यस अघि धेरैपटक बोलें । अब यो चलचित्र हेरेर बोल्ने पालो दर्शकको भएको पनि अबगत गराउँदछु ।’ वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर तयार गरिएको चलचित्रमार्फत प्रिमियरमा पाएको प्रतिक्रियाले आफू झनै उत्साहित भएको पनि निर्देशक चाम्सले बताए । यो चलचित्र मुलुकका १२० भन्दा बढी सिनेमा हलमा शुक्रबारबाट प्रदर्शन हुने पनि चाम्सले जानकारी गराए ।


यो चलचित्रका अभिनेता रितेश चाम्सले आफु आजको दिनको प्रतीक्षामा रहेका जनाउँदै गोर्खा वारियरले उत्कृष्ट प्रतिक्रिया पाएका कारण यो चलचित्रलाई दर्शकले मन पराउनेमा ढुक्क छु भने । यस्तै अभिनेत्री रेविका गुरुङले ७५ वर्ष अघिको समाजको महिला चरित्रमा प्रस्तुत भएको जनाउँदै फिल्म हेर्दा आफ्नो भूमिकाको क्रममा दर्शक रोएको देखेर आफुले पनि आँशु थाम्न नसकेको बताईन । अर्का अभिनेता बिजय लामाले यो नेपाल र नेपालीलाई चिनाउने वीरताको कथायुक्त सिनेमा भएकाले यसलाई सबैले हेर्नु पर्छ भने ।
यसका निर्माता सुमन राईले आफुलाई यो चलचित्रको कथा निर्देशक चाम्सले सनाउँदा नै औधी मन परेकाले गोर्खा वारियर निर्माण गरेको हो भने । चलचित्र हेरेपछि धेरै राम्रो लागेको पनि उनले बताए ।


सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको यो चलचित्रमा यो चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राई, सुरज तमु, त्रिचु राई, दिग्गज खत्री, सिद्धार्थ सिंह, सरोज खालिङलगायतको मुख्य भूमिका रहेको छ ।

गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।
यो चलचित्रको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेखेका हुन भने सो गीतमा एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानको रंग संयोजन गरेका छन् । यो चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ ।

बिहिबार, फागुन १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.