• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भरतपुर भ्रमण वर्ष २०२४ चितवनवासी र भरतपुरवासीको साझा कार्यक्रम : मेयर दाहाल

  •   शनिबार, फागुन १२, २०८० मा प्रकाशित

भरतपुर ,१२ फागुन
भरतपुर भ्रमण वर्ष २०२४ को मूल समारोह समितिको बैठक सम्पन्न भएको छ । शनिबार चितवन उद्योग संघको परिसरमा बसेको बैठकले भ्रमण वर्षलाई पूर्ण रूपमा सफल बनाउन जनस्तरबाटै एकाकार भएर अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेको छ ।

भरतपुर भ्रमण वर्षलाई सम्पन्न गर्न २०२४ जनाको मूल आयोजक समिति रहेको छ भने ३० वटा उपसमितिहरु छन् । बैठकमा बोल्नु हुदै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षको आयोजक भरतपुर महानगर भएपनि यो सबै चितवनवासी र भरतपुरवासीको साझा कार्यक्रम रहेको उल्लेख गर्नुभयो ।

नामकरण भरतपुर भ्रमण वर्ष भएपनि समग्र जिल्ला र छिमेकी जिल्लालाई समेटेर कार्यक्रम गर्न लागिएको प्रष्ट पार्नुभयो । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटनको दिन नजिकिँदै गर्दा तयारी तीव्र पारिएको छ।

भरतपुर महानगरका जनप्रतिनिधि ,कर्मचारीहरु र विभिन्न समितिले भ्रमण वर्षको उद्घाटनका लागि विषेश तयारी गरिरहेको महानगरपालिकाले जनाएको छ । भ्रमण वर्ष यही फागुन १८ गते नारायणी नदी किनारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच उद्घाटन गर्ने कार्य तालिका छ।

मूल समारोह समितिको बैठकको अवसरमा संघीय सरकारका मन्त्रीहरु,अन्य विशिष्ठ व्यक्तित्वहरु, ७ वटै प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई आमन्त्रण गरिएको छ। समारोह हुने स्थान नारायणी नदी किनारलाई सम्याउने, हरियाली बनाउने काम भएको छ। करिब ५० हजार व्यक्ति सहभागी हुने सो समारोहका लागि मञ्च निर्माणको काम भईरहेको भरतपुर महानगरका प्रमुख दाहालले जानकारी दिनुभयो।

उद्घाटन समारोहसँगै सांस्कृतिक कार्यक्रम पनि हुनेछ। राष्ट्रिय कलाकारहरु बद्री पंगेनी, राजु परियार, समीक्षा अधिकारी,एलिना चौहान, बिन्दु परियार, रितु कँडेलले साँस्कृतिक प्रस्तुति दिनेछन्।फागुन १८ गतेको समारोह अघि विहान ११ बजे भरतपुरका सबै वडाहरुले नेतृत्व गर्दै झाँकी, बाजागाजा, आदिवासी जनजातिहरुको भेषभुषासहितको र्याली निकालिने छ। उत्कृष्ट हुने वडालाई महानगरले पुरस्कृत समेत गर्नेछ।

बैठकमा सहभागीहरुले भरतपुर भ्रमण वर्षले भरतपुरसँगै सिङ्गै चितवनको पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने भएकोले सबै चितवनवासीलाई सहभागी हुन महानगरले आग्रह गरेको छ।भरतपुरले मुख्य ७ र अन्य २१ वटा गन्तव्यको पहिचान गरी प्रचारप्रसार गरिरहेको छ।

भरतपुर भ्रमण वर्षका मुख्य पर्यटकीय गन्तव्यहरु चितवन राष्ट्रिय निकुञ्ज, मेघौली, गोलाघाट, जगतपुर, पटिहानी, विसहजार ताल, बाटुली पोखरी, ज्ञानेश्वर व्लक, नारायणी र राप्ती नदी, धनगढा मन्दिर, राईनो ताल, कविलासगढी हुन्। भरतपुरका सानाठूला होटलमा गरी करिब ७ हजार वेड क्षमता रहेका छन्।

शनिबार, फागुन १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.