चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी शालिन पोखरेलको सुसाइड नोटको रिपोर्ट आएको छ । केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाले सुसाइड नोटको परीक्षण रिपोर्ट चितवन प्रहरीलाई पठाएको हो ।
फागुन १२ मा पोखरेल प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल छन् । उनीहरुविरुद्ध प्रहरीले ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया


