विराटनगर,चैत्र २५ । अभिनेता गजित विष्ट विराटनगर महानगरपालिकाबाट सम्मानित भएका छन् । विराटनगर महानगरपालिकाको साँस्कृतिक सल्लाहकारमा रहेर नरक्षेत्रबाट नेपाली चलचित्र, गीत संगीतको श्रीबृद्धिमा खेलको भूमिकाको मूल्याङकन गर्दै उनलाई सम्मान दिइएको हो ।
विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीले आफ्नो कार्यकक्षमा आयोजित एक समारोहका बीच बिष्टलाई खादा, फूलमाला सहित सम्मान पत्र प्रदान गरे । विष्ट लामो समयदेखि चलचित्र निर्माण, अभिनय र मोडलिङमा क्रियासिल रहँदै आएका छन् ।
सम्मानले कलाकारितामा अझ सशक्त रुपमा अगाडि बढ्न हौसला दिएको बिष्टले बताए । विष्ट नयाँ फिल्म निर्माणको तयारीमा समेत लागेका छन् ।
तपाईको प्रतिक्रिया


