फागुन २४, काठमाडौं
स्टार म्युजिक भिडियो अवार्डको तेस्रो संस्करणको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । गत शनिबार काठमाडौंको जमलस्थित यल्लो पागोडा होटलमा आयोजीत समारोहमा जम्मा ४८ बिधाको अवार्डको उत्कृष्ट पाँचमा पर्न सफल कलाकर्मीहरुलाई प्रमाणपत्र वितरण गरियो ।

कार्यक्रममा प्रमुख अतिथि परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले यो अवार्डले कलाकारहरुलाई थप उर्जा मिल्ने बताउनु भयो । उहाँले उत्कृष्ट पाँचमा पर्न सफल कलाकर्मीहरुलाई बधाई तथा अवार्ड जित्नका लागी शुभकामना दिनुभयो । साथै बिशिष्ट अतिथि भूवन केसीले आफूले रेडियो नेपालमा गीत गाउँदाको समयको स्मरण गर्दै अवार्डको उत्कृष्ट पाँचमा पर्नुपनि आफैमा बिजेता सरह भएको भन्दै सम्पुर्णलाई बधाई दिनुभयो ।
आयोजक संस्था ग्रेट नटराज फिल्मस्का अध्यक्ष अशोक विश्वकर्माले अवार्डको दुईवटा संस्करण भब्य रुपमा सम्पन्न भएको र यसपटकको तेस्रो संस्करण पनि भब्य र सब्य हुने जानकारी गराउनु भयो । साथै उहाँले अवार्ड समारोहको मिति केहि समय पछि तोकिने जानकारी दिनुभयो ।
अवार्डका संयोजक मदन गजमेर र प्रशान्त आग्रीले नेपाली संगीतक्षेत्रमा भइरहेका अन्य अवार्ड भन्दा यसअवार्डको गरिमा बढ्ने काम गरिरहेको र कलाकर्मीहरुको मनमा बस्ने अवार्ड हुन पाएकोमा खुसी ब्यक्त गर्नुभयो । अवार्डको यस तेस्रो संस्करणको जुरीमा गीतकार एक नारायण भण्डारी, गायक तथा संगीतकार तिलक सिंह पेला, निर्देशक बाबुराजा केसी (उज्जवल) र कोरियोग्राफर कबिराज गहतराज रहनुभएको थियो ।

कार्यक्रममा परराष्ट्र मन्त्री नारायण प्रकाश साउद, चलचित्र बिकाश बोर्डका अध्यक्ष भूवन केसी, गायिका देविका बन्दना, कलाकार किरण केसी, दिपाश्री निरौला, म्युजिक भिडियो कलाकार संघकी अध्यक्ष सम्झना बुढाथोकी, कलाकार पल्पसा डंगोल, प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा, संगीतकर्मी तिलक सिंह पेला, सुवास रेग्मी, गीतकार एक नारायण भण्डारी, कोरियोग्राफर कबिराज गहतराज लगायतका अतिथिहरुको बाक्लो उपस्थिती थियो ।


