• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

चलचित्र ‘काँडेतार’ लाई हलवालाले पर्याप्त शो नदिएको भन्दै प्रदर्शन नगराउने निर्णय

  •   शनिबार, फागुन २६, २०८० मा प्रकाशित

काठमाडौं ,फागुन २६
हिजो फागुन २५ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘काँडेतार’ लाई हलवालाहरूले पर्याप्त शो नदिएको भन्दै प्रदर्शन नगराउने निर्णय गरिएको छ।निर्माता तथा निर्देशक नवल खड्काले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हल सन्चालकबाट काँडेतार फिल्म प्रदर्शनमा असहयोग भएको भन्दै देशभर प्रदर्शन बन्द गर्ने घोषणा गरेका हुन्।

खड्काको निर्देशन तथा अभिनय रहेको फिल्म काँडेतारले सीमा अतिक्रमणको मुद्दा उठाएको छ । नेपालको सीमा मिचेर भारतले मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तु फिल्ममा पेश गरिएको छ । तर यो फिल्ममा सरकारबाट पनि सहयोग नपाएको गुनासो निर्देशक खड्काले गरेका छन् ।

आज बाट देशैभरिका सिनेमा हलबाट देशभक्ति चलचित्र काँडेतार” नचलाउने ।
प्रेस विज्ञप्ति
चलचित्र काँडेतारको प्रदर्शन मिति २०८० वैशाख ११ गते सेन्सर पास गरेपछि करीव एक वर्षअघिनै चलचित्र प्रदर्शन मिति घोषणा गरिएको थियो। तर प्रदर्शन मिति नजिकिदै गर्दा “काँडेतार” चलचित्रलाई असफल बनाउन चौतर्फी देशीविदेशी खुफियाहरु र त्यसका मतियारका रुपमा स्वदेशभित्रका केही तत्वहरू सलबलाई रहेका थिए।
काँडेतारका विरुद्ध शुरुवाती चरणमा नै विवादित बनाउन प्रयाश भयो। यसलाई सेन्सर बोर्डले काँटछाँट गर्न लगायो। त्यसपछि विभिन्न चरणमा यसका निर्माता र कलाकारहरुलाई प्रत्यक्षअप्रत्यक्ष धम्की आउन थाल्यो। प्रचार यसरी हुन थालेकी यो चलचित्र कुनै अमुक मुलुक विरोधी हो। यसकारण केही मधेश र हिमालका अति विवादित व्यक्तिहरुले यस चलचित्रलाई प्रतिवन्ध गर्न या नत्र सिनेमाहलमा आगो लगाउनेसम्मका वक्तव्यवाजी गरे।
अन्तिम चरणमा चलचित्रकका केहि हलमालिकहरु पनि काँडेतार चलचित्रमाथि अपरोक्ष बाधक बन्न पुगे। ती हलवालहरुले चलचित्र प्रदर्शनसम्बन्धी आम प्रचलनलाई मिच्दै काँडेतार चलचित्रलाई पर्याप्त शो दिएनन्।
स्मरण रहोस् कि विदेशी हिन्दी फिल्मलाई करिव ११५ वटा शो हल उपलब्ध गराइएकोछ। अङ्ग्रेजी फिल्मलाई करिव ७० वटा शो हल उपलब्ध गराइएको छ। चलचित्र शोमा प्राइम टाइम अति महत्वपूर्ण मानिन्छ । यही समयमा दर्शकहरु चलचित्र हेर्न निस्कन्छन्। तर चलचित्र काँडेतारलाई यस्तो प्राइम टाइम उपलव्ध गराइएन। तर हामी संगै रातारात सेन्सर गरेर जुधाउन ल्याईएका दुई अन्य चलचित्र प्रत्येकलाई करिव ८०/९० वटा शोहरू प्राईमटाईममा दिईएको छ। तर हाम्रो देशभक्ति चलचित्र ” काँडेतार” लाई मुस्किलले करिव २३ वटा शो दिईएको थियो । ती पनि बिहान ८,९ र १० बजेका अधिकास शोहरू छन् । जुन समय दर्शकहरू घरका दैनिक चर्याका कारण घरबाट निस्केर चलचित्र हेर्ने गर्दैनन्।
हामीलाई थाहा थियो कि हामीमाथि संगठित गिरोह खनिएको छ। तर यसमा चलचित्र हलहरुबाट शो दिइँदा प्राइम टाइममा गडबडी हुन्छ हाम्रो कल्पनाभन्दा बाहिरको कुरा थियो। अन्तिम घडिमा चाल पाइयो तर त्यसबेला हामीले काँडेतारको प्रदर्शन रोक्न सम्भव थिएन। त्यसैले हामीले संकेतात्मकरुपमा चलचित्र शो गर्ने र आजबाट नै रोक्ने निर्णय गरेका थियौं, जुन कुरा हामीले चलचित्र हलवालालाई हिजो फागुन २५ मा नै जानकारी गराएका थियौं।
हामीले काँडेतार निर्माण गर्ने कुरा गरेदेखि नै विभिन्न अपमान र लाञ्छना भोग्दै आएका थियौं।
देशभक्ति चलचित्रमाथि किन यति धेरै विभेद ?
हामीले देशभक्ति चलचित्र बनाउनु के अपराध गरेकै हौ
के देशभक्ति कथामा बनेकाे चलचित्र चलचित्र नै होइन? ब्याबहारमा यस्तै देखियो।
यसको जवाफ हामीलाई सम्बन्धि सराेकारवालाले एक दिन दिनैपर्छ।
अत: यसरी देशभक्ति चलचित्र माथिको भद्दा मजाक हामीलाई सह्य छैन। याे देशभक्ति चलचित्रको अपमान मात्र होइन; याे सिङ्गो देश र देशभक्त नागरिकहरुको ठुलो अपमानको रूपमा हामिले लिएका छौँ। त्यसैले हिजो फाल्गुन २५ गतेबाट प्रदर्शनमा आएको देशभक्तिपूर्ण चलचित्र काँडेतार आजबाट निर्माण कम्पनी सामना फिल्मस् प्रा. लि. ले प्रदर्शन नगर्ने नगराउने निर्णय गरेको जानकारी गराउदछौँ। यसबाट पर्न गएको असुबिधाप्रति दर्शक अनि आम नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनीप्रति क्षमाप्रार्थी छौँ ।हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सबै सबैप्रति ऋणि रहने छौँ। याे वा त्याे बहानामा चाैतर्फि घेराबन्दी गरि देशभक्तिपूर्ण चलचित्र काँडेतार लाई सिद्धाउन लाग्ने धमिरा देशीविदेशी तत्त्वसँग उचित समयमा मेराे जिवनकाे निरन्तर
चलचित्र यात्रामा नसके पनि भाविपुस्ता ले लिनेछन् र लिनुहाेला। बिचार कहिल्यै मर्दैन।
सिमानामा काँडेतार लगाएर माटाे र मान्छे जाेगाउने अभियानमा निरन्तर लाग्ने प्रण गर्दछौँ र आमा, देश र देशभक्त नेपालीजन अनि मनप्रति पुन: एकपटक सम्मान ब्यक्त गर्दछौं ।
धन्यवाद।
सामना फिल्मस् प्रा. लि. का तर्फबाट
– नवल खड्का। ” काँडेतार” परिवार।
मिति २०८० फाल्गुन २६ गते शनिबार ।

शनिबार, फागुन २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.