‘जात्रा’ र ‘जात्रैजात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको यसको तेस्रो भाग ‘महाजात्रा’ ले सुखद् सुरूआत गरेको छ ।
चैत ९ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ हेर्ने दर्शकको हलमा घुईचो देखिएको छ । प्रदर्शनको पहिलो दिन नेपालका अधिकांस शोहरु हाउसफूल भएका छन् । विदेशमा पनि सोही अवस्था रहेको निर्माण कम्पनीले जनाएको छ ।
फिल्म हेर्न हल पुगेका दर्शकले ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट भनेको ‘महाजात्रा’ लाई पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहले पनि हर्नु भएको छ । कोमल शुक्रबार बेलुकी काठमाडौंस्थित सिभिल मलमा हिमानी ट्रष्टद्वारा आयोजित शोमा सहभागी हुनुभएको थियो ।
तपाईको प्रतिक्रिया


