निर्देशक तथा निर्माता सन्तोष सेनको नेपाली चलचित्र ‘बलिदान’मा विराज भट्टका छोरा समीर भट्ट अनुबन्धित भएका छन् ।
लामो समयदेखि नायकको खोजीमा रहेका सन्तोष सेनले अन्ततः बलिदानका लागि मुख्य कलाकार चयन गरेका हुन् । सन्तोषको बलिदानमा नायक समीर भट्टले काम गर्ने छन् । समीर नायक विराज भट्टका छोरा हुन् । समीरले फिल्म ‘१२ गाउँ’मा पनि काम गर्ने पक्का भइसकेको छ ।
योसँगै फिल्मका लगि मुख्य नायक पक्का भएको र अब अन्य कलाकारलाई संझौता गर्न तर्फ ध्यान दिने निर्देशक तथा निर्माता सेनले जानकारी दिएका छन् ।
यो फिल्ममा मुख्य खलनायकको रुपमा सौगात मल्ल र अर्पण थापा फाइनल भइसकेका छन् । फिल्ममा मुख्य नायक फाइनल भएपछि अब वैशाखको दोस्रो साताबाट छायांकन सुरु गर्ने निर्माणपक्षले जनाएको छ ।
यो फिल्मलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी गरिएको छ । निर्माणपक्षले समीर फाइनल भएसँगै नयाँ तीन वटा पोस्टर समेत तयार पारेको छ । जसमा समीरको एङ्ग्री अवतार देख्न सकिन्छ ।


