• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

दयाहाङ र आँचल अभिनित ‘डिग्री माइला’को ट्रेलर युट्युब ट्रेन्डिङसगै चर्चामा

  •   सोमबार, चैत १२, २०८० मा प्रकाशित

काठमाडौं ,चैत्र १२
सर्वाधिक प्रतिक्षित मध्येको एक सिनेमा ‘डिग्री माइला’को ट्रलेर युट्युब ट्रेन्डिङ रहेको छ । शुक्रबार अपराह्न सार्वजनिक ट्रेलर २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको हो ।

यता, ट्रेन्डिङको मुभी सेक्सनमा भने ‘डिग्री माइला’को ट्रेलर एक नम्बरमा आइसकेको छ । ‘महाजात्रा’को ट्रेलरलाई उछिन्दै ‘डिग्री माइला’को ट्रेलर एक नम्बरमा आएको हो ।

यो समाचार तयार पर्दा ट्रलेर युट्युब ट्रेन्डिङको २९ नम्बरमा छ । चार लाख ६५ हजार भन्दा माथि दर्शकले हेरिसकेका छन् । १९ हजारभन्दा धेरैले लाइक गरेको ट्रेलरमा एक हजारभन्दा धेरै कमेन्ट आएको छ ।

कमेन्टमा एक फेसबुक प्रयोगकर्ता लेख्छन्- ०८० सालमा ‘जारी’ सुपरहिट ०८१ ‘डिग्री माइला’ झनै सुपरहिट होला, शुभकमना ।

विजय चाम्लिङ नाम गरेका फेसबुक प्रयोगकर्ता लेख्छन् – जिवन्त अभिनयको परिभाषा हुनुहुन्छ दयाहाङ राई । सधैँ झैँ उत्कृष्ट । ०८१ साल दाजैले नेपाली सिनेमा क्षेत्रलाई अर्को उच्च अहोदामा पुर्यानु हुनेछ । एकदम विश्वस्त छु । शुभकामना !

अर्का फेसबुक प्रयोगकर्ता डीबी सागर थापा लेख्छन् – रामबाबु गुरुङको उत्कृष्ट काम देख्न पाइने भयो । धेरैपछि हल तताउला जस्तो छ । शुभकामना !सामाजिक सञ्जाल प्रयोगकर्ताका यी र यस्ता प्रतिक्रियाले दर्शकले ट्रेलर मन पराएको देखिन्छ ।

रामबाबु गुरुङ निर्देशित सिनेमाको ट्रेलरले नेपाली ग्रामीण क्षेत्रको शिक्षाको अवस्था र स्तरसँगै शैक्षिक मेनपावरको टड्कारो अभावलाई पेस गरेको छ ।

अवसरको अभावमा शिक्षित युवा गाउँ नबस्दा गाउँका विद्यालय तथा क्याम्पसको शैक्षिकस्तर कति नाजुक छ भन्ने ट्रेलरले देखाएको छ । अंग्रेजी विषयमा डिग्री गरेका युवा गाउँ पुग्दा उसलाई जबरजस्ती अंग्रेजी पढाउन राख्नु पर्ने अवस्थालाई ट्रेलरले देखाएको छ ।

अन्यथा क्याम्पसको सम्बन्धन नै खारेज हुने अवस्थामा पुगेको चित्रण गरेको ट्रेलरले सिनेमाको मुख्य पात्र दयाहाङले खोज्ने भाउ प्रस्तुत गरेको छ । मल्टिनेसनल कम्पनीका दशौँ लाखको जागिर अफर गर्दा पनि नगरेको भन्दै दयाहाङ आफूलाई गाउँको क्याम्पसले पे गर्न नसक्ने भन्दै फूर्तीफार्ती लगाइरहन्छन्, यही कथाभित्रको डार्क कमेडीले ट्रेलरलाई स्वादिलो बनाएको छ । यसैलाई दर्शकले रुचाएको देखिएको छ ।

निर्देशक रामबाबुको आफ्नै ब्रान्ड भ्यालु, बासुरी फिल्मसको ब्रान्ड, दयाहाङको क्रेज र दर्शकले ट्रेलरलाई दिएको प्रतिक्रियाले सिनेमालाई शुभसंकेत दिएको छ । यो सिनेमालाई पनि दर्शकले रुचाउने पूर्वानुमान लगाउन सकिन्छ ।

दयाहाङले केही वर्ष अगाडि निर्देशन गरेको ‘डिग्री’ माइला नाटकमा आधारित सिनेमा हो यो । सिनेमाले वेरोजगारीको कथा भन्नेछ ।

सिनेमालाई बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको हो । सिनेमामा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ । अभिनेत्री ऋचा शर्मालाई विशेष भूमिकामा देख्नसकिनेछ ।

निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउन्ड म्युजिक रहेको सिनेमालाई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइलीएसशिनले खिचेका हुन् । चर्चित नेपाली आहान ‘किन चाउरिस मरिच आफ्नै रागले’ सिनेमाको ट्यागलाइन हो । सिनेमा आगामी चैत ३० गते रिलिज हुनेछ ।

सोमबार, चैत १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.