भरतपुर महानगरपालिकाले अव सडक ब्रुमरले सफा गर्ने भएको छ ।
सडक कालोपत्रे गर्दा धुलो नउडोस भनेर ब्रुमर (यान्त्रिक कुचो) ल्याएको महानगरपालिकाका प्रमुख मयर रेणु दाहाले बताउनु भयो ।
भरतपुरको सडक तथा आकाश धुलोमुक्त बनाउन भरतपुरको सडक ब्रुमरले सफा गर्छ, प्रमुख मेयर दाहालले भन्नुभयो, सहर सफा गर्न मानवस्रोतले नभ्याएको अवस्थामा नयाँ नयाँ प्रविधिको प्रयोग गरिएको हो ।
सडक सफा गर्ने ब्रुमर ८४ लाखमा काठमाडौबाट खरिद गरि भरतपुर ल्याइएको हो । बुधबार सिनोट्रक कम्पनीका प्रतिनिधिहरुले भरतपुर महानगरका प्रमुख तथा उप प्रमुखलाई ब्रुमरको चापी हस्तान्तरण गरेका छन् । ब्रुमर आए सगै अब भरतपुर स्मार्ट सिटीको अवधारणामा गएको छ।
ब्रुमर आएपछि अब महानगर धुलो रहित बन्नेमा भरतपुर बासि बिश्वस्त छन ।
तपाईको प्रतिक्रिया


