भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले स्रष्टालाई सम्मान गरेकोछ ।
भरतपुर प्रज्ञा सम्मानले प्रकाश थापा “प्रथा”लाई सम्मान गरिएको हो । भरतपुर–४ चितवन निवासी थापालाई ५० हजार ७८ रुपैयाँ, दोसल्ला र प्रमाण–पत्रले सम्मान गरिएको छ ।
आइतबार भरतपुर महानगरपालिकाको सभाहलमा प्रतिष्ठानका कुलपति रेनु दाहाल, महानगरका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना, उपकुलपति इन्द्ररेग्मीले संयुक्त रुपमा स्रस्टाहरूलाई सम्मानतथा पुरस्कृत गर्नुभएको थियो ।
प्रज्ञा प्रतिष्ठानले वार्षिक रुपमा प्रदान गर्ने विभिन्न सम्मान, पुरस्कार तथा निबन्ध र कथा प्रतियोगितामा पुरस्कृत प्रतिभाहरूलाई सम्मान गरिएको छ । कृष्णबम मल्ल प्रज्ञा सम्मानप्रा. डा. कर्णबहादुर बानियाँलाई प्रदानगरिएको छ । भरतपुर– १२ निवासी बानियाँलाई ५० हजार ७८ रुपैयाँ दोसल्ला र प्रमाण–पत्रप्रदान गरिएको थियो ।
यस्तै संस्कृतिको सोपानमा चितवन कृतिका लागि भरतपुर–१० निवासी डि.आर. पोखरललाई ५०हजार ७८ रुपैयाँ, दोसल्ला र प्रमाण–पत्रले सम्मान गरिएको छ ।
यसैगरि वागीश्वरी प्रज्ञा पुरस्कारसिम्रन क्षेत्रीको झुमर उपन्यासलाई दिइएको छ । त्यस्तै भरतपुर प्रज्ञा पुरस्कार (काव्य) जगन्नाथ पण्डितको घरबारीमा तोरी फुल्योकवितासंग्रहलाई दिइएको छ । भरतपुर प्रज्ञा पुरस्कार (आख्यान) अष्टदेवखनालको ‘अन्तश्चेतना’ उपन्यासलाई दिइएको छ । त्यसैगरी राष्ट्रिय खुल्ला कथा प्रतियोगिता २०८० मा पुरस्कृत स्रस्टालाई पनिसम्मान गरिएको छ । प्रतियोगितामा नुवाकोटका अनन्त लम्सालको अन्तिम पथ शीर्षकको कथासर्वोकृष्ट बनेको थियो । लमजुङकी अनिता पन्थीको मृत्युको अपिल शीर्षकको कथाले उत्कृष्ट स्थान हासिलगरेको छ ।
त्यस्तै काभ्रेका समीप खड्काको भाग्यको कुरो शीर्षकको कथाले उत्तम स्थान गरेकोछ । मोरङकी मन्दिरा मधुश्री (मन्दिरा कोइराला) को पहिचान र राधिका कल्पित (राधिका गौतम पौडेल) को अब लजाउँदैन लज्जावती शीर्षकका कथालेप्रोत्साहन स्थान हासिल गरेको छ। प्रतिष्ठानले “मेरो सपनाको भरतपुर” शीर्षकमा चितवन जिल्ला स्तरीय निबन्धप्रतियोगिता २०८० आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा हरिप्रसाद तिवारीरविको निबन्ध सर्वोकृष्ट घोषित रहेको थियो । त्यस्तै अनुस्का न्यौपानेको निबन्ध उत्कृष्ट रह्यो ।
त्यस्तै चिरञ्जीवी दाहालको निबन्ध उत्तम घोषित भएको छ । प्रज्ञा प्रतिष्ठानकासदस्य सचिव बालकृष्ण थपलियाले उक्त कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । प्रज्ञापरिषद्का उपकुलपति इन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


