• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ६. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • ९. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • १०. वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

अन्तरप्रदेशस्तरीय खेलकुद प्रतियोगिता अन्तिम चरणमा, ७ प्रदेशले प्रतिस्पर्धा गर्दै

  •   बिहिबार, चैत २२, २०८० मा प्रकाशित

चैत २५ गतेबाट सुरु हुने प्रथम अन्तरप्रदेशस्तरीय खेलकुदको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितामा १३६ वटा स्वर्ण पदकको लागि ७ प्रदेशका खेलाडीहरुबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रदेश खेलकुद विकास परिषदको आयोजनामा हुने प्रथम अन्तरप्रदेशस्तरीय प्रतियोगिता तयारी लगभग अन्तिम चरणमा पुगेको छ । बुधबार चितवनको भरतपुर महानगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीले चैत २५गतेदेखि बैशाख १ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

प्रतियोगितामा १ सय ३६ वटा स्वर्ण पदकको लागि ७ वटा प्रदेशको करिब १ हजार ५ सय ४७ जना खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको लागि १ सय ३६ वटा स्वर्ण, १सय ३६ वटै रजत र १ सय ८६ वटा रजत पदक गरी करिब ४ सय ५८ वटा पदकको व्यवस्था गरिएको सदस्यसचिव भण्डारीले बताउनुभयो ।

प्रतियोगिता छनोट हुने खेलाडीहरुलाई प्रशिक्षण दिएर १० औँ संस्करणको राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उहाँले बताउनुभयो । विभागीय टिम मजबुत भएकोले, सबै खेलाडीहरु विभागीय टोलिमा लागेको कुराको मध्य नजग गरेर प्रतियोगिताको गर्न लागेको उहाँको भनाई छ । यस प्रतियोगिताको माध्यमले सबै प्रदेशले समयमा खेलाडीहरु तयार गर्ने र खेलाडी उत्पादनमा थप टेवा पुग्ने उहाँले दावी गर्नुभएको छ ।

प्रतियोगिताको उद्घाटन चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गर्नुहुनेछ भने समापन हेटौंडा–६ स्थित गौरीटार रंंगशालामा बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले गर्नुहुनेछ । गौतम बुद्ध क्रिकेट रंगशालालाई अन्तराष्ट्रि रुपमा चिनाउन प्रतियोगिताको उद्घाटन चितवनमा गर्न लागेको र मकवानपुरमा फुटबल खेल प्रतिको आर्कष्ण बढ्दो क्रममा रहेकोले प्रतियोगिताको समापन हेटौंंडामा गर्न लागेको उहाँले बताउनुभयो ।

यस अघि प्रदेशले प्रतियोगिताको समापन हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशाला गर्ने भनेतानि चौँथो संस्करणको मेयर कप फुटबल प्रतियोगिता २४ गतेबाट सुरु हुने भएकोले प्रतियोगिताको समापन हेटौंडामा गर्न लागेको उहाँको भनाई छ । भरतपुर महानगरपालिको भ्रमण वर्ष समेत सफल बनाउने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा ७ प्रदेशका खेलाडीहरुबीच ९ वटा विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता अन्र्तगत पुरुष फुटबल हेटौंडाको गौरीटार रंगशालामा हुनेछ भने बाकीको ८ वटा खेलहरु भरतपुर महानगरपालिकामै हुनेछ । एथ्लेटिक्स चैत २६ र २७ गते चितवनको चित्रवन रंगशालामा र २६ गतेदेखि २८ गतेसम्म भलिबल भरतपुरको गेष्ट हाउस चौरमा हुनेछ ।

यस्तै कराँतै र तेक्वान्दो चैत २६ र २७ गते भरतपुर महानगरपालिकाको औद्योगिक प्रर्दशनी हलमा हुनेछ । पौडी प्रतियोगिता २६ र २६ गते एल्टीडी हबेलीमा र व्याडमिन्टन चैत २६ गतेदेखि २८ गतेसम्म भरतपुर महानगरपालिकाको कर्भड हलमा हुनेछ । महिला क्रिकेट २४ गतेदेखि २७ गतेसम्म गौतमबुद्ध क्रिकेट रंगशालामा र पुरुष क्रिकेट चैत २८ गतेदेखि बैशाख १ गतेसम्म हुनेछ ।

महिला फुटबल चैत २६ गतेदेखि बैशाख १ गतेसम्म बखत स्मृति रंगशालमा र बक्सिङ औद्योगिक प्रर्दशनी कर्भड हलमा चैत २६ गतेदेखि २९ गतेसम्म हुनेछ । प्रतियोगिता सबल तरिकाले सम्पन्न गर्नका लागि प्रदेश खेलकुद विकास परिषदकी अध्यक्ष कुमारी मोक्तानको सभाध्यक्षमा मुल समारोह समिती गठन गरिएको छ भने सदस्य सचिव भण्डारीको अध्यक्षतामा कार्यकारी समिति गठन गरिएको छ । प्रतियोगिताको लागि विभिन्न ५ उपसमितिहरु र ९ वटा समिति गठन गरिएको छ ।

प्रतियोगितामा स्वर्ण रजत र कास्य पदकको विजेता टिमले क्रमश: ५ हजार रुपैयाँ, ४ हजार रुपैयाँ र ३ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उपाधि विजेता टिमले ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले सर्वोकृष्ट खेलाडीले १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि करिब १२ करोड रुपैयाँको खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता सहभागी हुने खेलाडीहरुको खर्च प्रदेश खेलकुदले व्यर्होनेछ । यस्तै खेलाडीहरुलाई ट्रयक सुट, जुत्ता, मोजा र टावल पनि प्रदान गरिनेछ ।

बिहिबार, चैत २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ
कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ
मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)
शान्ति–सद्भावका लागि राष्ट्रिय एकता आवश्यकः सभापति लामिछाने
कोहलपुरमा सेप्टिक ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु
कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु, एक घाइते

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

  • ६.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

भर्खरै

  • १.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

  • २.
    कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

  • ३.
    मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)

  • ४.
    अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक

  • ५.
    ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज

  • ६.
    रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

  • ७.
    ‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को

  • ८.
    ‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.