• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

पूजा पाख्रिनलाई ‘मिसेस भोग नेपाल’ को उपाधि

  •   शुक्रबार, चैत २३, २०८० मा प्रकाशित

काठमाडौं– हाउस अफ फेसनले बुधवार राति काठमाडौंमा आयोजना गरेको एउटा भव्य समारोहमा पूजा पाख्रिनले ‘मिसेस भोग नेपाल’ को उपाधि जितेकी छिन् ।

आफ्ना ११ जना प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै ललितपुर, हात्तिवनकी ३२ वर्षीया पाख्रिनले पाख्रिनले मिसेस भोग नेपालको मुकुटसहित नगद पाँच लाख रुपैयाँ बराबरको बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरेकी छिन् ।

यसबाहेक उनले कमलपोखरीस्थित जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीबाट एक वर्षको फेसन डिजाइनिङ कोर्ष गर्ने मौका पाएकी छिन् । प्रतियोगितामा उनले मिसेस भोग मोस्ट स्टाइलिष्ट तथा मोस्ट फोटोजेनिकको उपाधिसमेत जितिन् ।आफ्ना ११ जना प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै ललितपुर, हात्तिवनकी ३२ वर्षीया पाख्रिनले मिसेस भोग नेपालको मुकुटसहित नगद पुरस्कार तथा विभिन्न उपहारहरु प्राप्त गरिन् । प्रतियोगितामा उनले मिसेस भोग मोस्ट स्टाइलिष्ट तथा मोस्ट फोटोजेनिकको उपाधिसमेत जितिन् ।

प्रतियोगितामा विभा बस्नेतले कमर्शियल एम्बासडरको उपाधि जितिन् । बस्नेतले पब्लिक च्वाईस अवार्डका साथै मोस्ट पपुलर च्वाईस अवार्ड समेत जित्न सफल भइन् । प्रतियोगितामा आकृति श्रेष्ठले फस्ट रनर्स अपको उपाधि जितिन् । उनले मोस्ट इन्टेलिजेन्टको अवार्डसमेत जितिन् ।

मनिला लामिछानेले सेकेण्ड रनर्सअपको उपाधि जित्न सफल भइन् । लामिछानेले भने मिसेस ग्लोइङ स्किन तथा बेस्ट परफर्मेन्सको अवार्ड पनि जितिन् । प्रतियोगिताको टप सेभेनमा मनिला लामिछाने, बिकिता सुवेदी, पूजा पाख्रिन, आकृती श्रेष्ठ, यादिना रजक, विभा बस्नेत तथा मेरिशा सुवाल पुग्न सफल भएका थिए ।

स्मिथ तामाङद्वारा कोरियोग्राफी गरिएको उक्त प्रतियोगितामा मेरिशा सुवालले मिसेस बोल्ड एण्ड इलिगेन्स, मिना परियारले बेस्ट स्माइल, यादिना रजकले ब्यूटि विद द पर्पस, बिकिता सुवेदीले मोस्ट डिसिप्लिन, लक्ष्मी केसीले मोस्ट इनर्जेटिक, रश्मी महर्जनले बेस्ट वाक तथा राधिका चौधरीले बेस्ट पर्सनालिटीको अवार्ड जित्न सफल भए ।

सांगीतिक प्रस्तुतिबाट प्रारम्भ भएको यो प्रतियोगिताको पहिलो सिक्वेन्समा सहभागिहरु क्याजुल वेयरमा आएर आकर्षक नृत्य प्रस्तुत गरेका थिए । त्यसक्रममा उनीहरुले भान्सामा लगाइने न्याप्किन लगाएर हातमा डाडू–पुन्यूसहित आकर्षक नृत्य गरेका थिए । त्यसपछिको सिक्वेन्समा उनीहरु इण्डो वेस्टर्न लूकमा प्रस्तुत भए । कमलपोखरीस्थित जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीका डिजाइनरहरुले तयार पारेका पहिरन प्रदर्शन गरेका थिए ।

त्यसपछिको ग्ल्याम नामक सिक्वेन्समा पनि उनीहरुले जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीकै ग्ल्यामरस पहिरनहरु प्रस्तुत गर्दै आफूलाई रयाम्पमा प्रस्तुत गरे ।

आयोजक संस्था हाउस अफ फेसनकी प्रमुख ओशिमा बानुले प्रतिस्पर्धिहरुलाई प्रशिक्षणको पहिलो दिनदेखि नै गरिएको मूल्यांकनको आधारमा विजेता तथा उपविजेताको छनोट गरिएको जानकारी गराइन् । मोस्ट ट्यालेन्ट अवार्डका लागि भने केही समयअघि ट्यालेन्ट शो आयोजना गरिएको थियो । भ्युअर्स च्वाइस अवार्डका लागि खल्ति एपबाट भोटिङ गरिएको थियो ।

प्रतियोगितामा १२ जना विवाहित महिलाहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा खरो उत्रनका लागि उनीहरुलाई पछिल्लो एक महिनाभन्दा लामो समयदेखि प्रशिक्षण दिइएको थियो । त्यसक्रममा उनीहरुले र्याम्प वाक, व्यक्तित्व विकाससहितका जीवनोपयोगी विषयमा प्रशिक्षण दिइएको थियो ।

 प्रशिक्षणकै क्रममा उनीहरुले चलचित्र अभिनेता सुनिल थापा, अभिनेत्री एलिजा गौतम लगायतका व्यक्तित्वहरुसंग भेटघाट गर्दै उनीहरुका अनुभवहरु सुन्ने अवसर पाएका थिए । आयोजक हाउस अफ फेसनले यो समारोहमा भव्यता, शैली तथा महिला सशक्तिकरणलाई उत्सवको रुपमा मनाएको जनाएको, जसले नेपालको फेसन परिदृश्यमा अमिट छाप छोडेको आयोजक बानुको भनाइ छ ।

मिसेस भोग नेपाल प्रतियोगितालाई नेपाली महिलाहरूको सौन्दर्य र विविधतालाई उजागर गर्दै रचनात्मकता, प्रतिभा तथा महिला सशक्तिकरणको शसक्त माध्यम बनाउने लक्ष्य आयोजकले लिएको थियो ।

मिसेस भोग नेपाल’ प्रतियोगितामा हरेक सहभागिलाई आफ्नो कथा भन्ने अवसर प्रदान गरिएको थियो, जसलाई ‘उनको कथा’ थिम दिइएको छ ।

प्रतियोगितामा कमलपोखरीस्थित जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीद्वारा तयार पारिएका आकर्षक, परम्परागत शैलीद्वारा तयार पारिएका पहिरनहरुलाई प्रतिस्पर्धिहरुले फेसन एक्स्ट्राभ्यागेञ्जाको रुपमा प्रदर्शन गरेका थिए ।

प्रतियोगिताको ट्यालेन्ट शोकेस सिक्वेन्समा प्रतिस्पर्धिहरुले आफूमा भएको प्रतिभालाई प्रस्तुत गर्नुका साथै महिला शसक्तिकरणलाई उजागर गर्ने शैलीका सन्देशहरु बोकेका थिए ।

प्रतियोगिहरुलाई केही साताअघि सम्पन्न नारी दिवसको अवसरमा समेत केही गतिविधिहरुमा सहभागि गराइएको थियो । उक्त कार्यक्रममा उनीहरुलाई महिला शसक्तिकरणको विषयमा छलफल गराइनुका साथै पिरियड हाइजीन, आत्म निर्भरताका बारेमा कुराकानी गराइएको थियो ।

शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
‘कबड्डी ५’को अग्रिम बुकिङ खुला, देशभर २०० भन्दा बढी शो पाउने अपेक्षा
‘सारथी’को टिजर सार्वजनिक, निरुता सिंहलाई ‘आमा’ भन्दै देखिए गिरि विश्वकर्मा
काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ
बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा
‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • २.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ३.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ४.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ७.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ८.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.