२७ चैत्र, काठमाडौं । नया बर्षको अवसर पारेर यहि बैशाख १ गतेबाट रिलिज हुने बहुप्रतिक्षित चलचित्र ‘ए मेरो हजुर ४’ नया गीत सार्वजनिक भएको छ । युवापुस्ता माझ सनसनी बनेका र्यापर जी–बबले पहिलोपटक चलचित्रका लागि ‘ए मेरो हजुर ४’ मा स्वर दिएका छन् । चलचित्र रिलिजको पूर्वसन्ध्यामा जीबबले गाएको र्यापको एउटा अंश सार्वजनिक गरिएको छ ।
‘मिलेन लेवल तेरो बाउ बोला ए…’ बाट जी–बब भाइरल भएकाजीबबले उनले आफ्नै स्टाइलमा गाएको र्यापले फ्यानहरुको तिर्खा पक्कै मेट्ने छ । अहिले र्यापको आधाजति पार्ट मात्र युट्यूवमा हालिएको हो । पूरा हेर्नलाई चलचित्रको नै प्रतिक्षा गर्नुपर्छ ।’भाग भाग नदे अब धेरै धक’ बोलको सार्वजनिक गीतमा शब्द पनि जी–बबको नै रहेको छ ।
गीतको भिजुअलमा पनि जीबब देखिएका छन् । साथै, चलचित्रका नायक नायिका अनमोल केसी र सुहाना थापालाई पनि देख्न सकिन्छ । एउटा क्लवभित्र जीबबले र्याप गाइरहेको देखाइएको छ ।
ए मेरो हजुर ४ को प्रमोसनल गीत हो यो । चलचित्रमा निर्देशक तथा कथा अभिनेत्री झरना थापाको रहेको छ न् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सु मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।


