• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

चितवनमा ४३ जना पत्रकारलाई पुरस्कार एवम् सम्मान

  •   आइतबार, चैत २५, २०८० मा प्रकाशित

नेपाल पत्रकार महासङ्घ चितवन शाखाले भव्य समारोहको आयोजना गरी ४३ जना पत्रकारलाई सम्मान एवम् पुरस्कार वितरण गरेको छ ।

विसं २०५६ अगाडि नेपाल पत्रकार महासङ्घको सदस्यता लिएर क्रियाशील एवं पूर्व अध्यक्ष गरी ३४ जना पत्रकारलाई सम्मान एवं विभिन्न विधामा नौ जनालाई पुरस्कृत गरिएको हो ।

शनिबार भरतपुरमा आयोजना गरिएको अग्रज पत्रकार सम्मान एवं पुरस्कार वितरण समारोहमा भरतपुर महानरपालिका प्रमुख रेनु दाहाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेललगायतले पत्रकारहरुलाई सम्मान एवम् पुरस्कृत गर्नुभयो । पत्रकार महासङ्घमा आबद्ध भएर पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै ३४ जना पत्रकारलाई ताम्रपत्र, प्रमाणपत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको पत्रकार महासङ्घ चितवनका अध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिए । त्यसैगरी पत्रकारको लेखनकला वृद्धि तथा हौसला प्रदान गर्न नौ जना पत्रकारहरुलाई रु १० हजारदेखि रु ५१ हजार राशिसम्मको पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको अधिकारीको भनाइ छ ।

महासङ्घले स्थापना गरेको ५१ हजार १११ रुपैयाँ राशिको मैयादेवी पत्रकारिता पुरस्कार–२०८० बाट सृजना अर्याल, ५० हजार ५१ रुपैयाँ राशिको अनन्त गङ्गा पत्रकारिता पुरस्कार–२०८० बाट चाँदनी हमाल पुरस्कृत हुनुभएको छ । त्यस्तै, ११ हजार ३११ रुपैयाँ राशिको तिलचन साँखी पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकारलाई पुरस्कृत गरिएको छ । यो पुरस्कार शालिग्राम नेपाल, विमल खतिवडा र टीकादत्त तिमिल्सिनालाई प्रदान गरिएको अधिकारीले बताए ।

त्यसैगरी, औद्योगिक पत्रकारिता पुरस्कारबाट दुई जना पत्रकार पुरस्कृत भएका छन् । ११ हजार १११ रुपैयाँ राशिको यस पुरस्कारबाट सन्तकुमार चौधरी र हीरालाल गुरुङ पुरस्कृत भएका अधिकारीले जानकारी दिए । त्यस्तै ११ हजार १११ रुपैयाँ राशिको बालकुमारी विष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कारबाट केशु लामिछाने र १० हजार १११ रुपैयाँ राशिको श्रुजश्री मैयादेवी पत्रकारिता पुरस्कारबाट प्रतिमा कुमाल सम्मानित भएका अधिकारीले बताए ।

सम्मान एवम् पुरस्कार वितरण कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अग्रज पत्रकारहरुले पु¥याएको योगदानको स्मरण गर्दै उनीहरुलाई सम्मान गर्नु ऐतिहासिक काम भएको बताइन् । दाहालले पत्रकारहरुलाई सत्य र तथ्यमा आधारित खोजमूलक पत्रकारिता गर्न आग्रह गर्दै पत्रकारहरुले गलत हुन नदिन खबरदारी गर्नुपर्ने धारणा राखिन् । पत्रकारहरुबाट महानगरपालिकाका काम कारबाहीप्रति सचेत बनाउने र खबरदारी गर्ने काम भइरहेको भन्दै आफू सधैँ स्वतन्त्र प्रेसको पक्षमा रहेको बताइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घले प्रकाशन गर्दै आएको स्मारिका ‘पत्रकारिता चितवन’ र सम्मानित ३४ जना पत्रकारहरुको बायोग्राफी समावेश गरेर प्रकाशन गरिएको ‘योगदान’ पुस्तकसमेत सार्वजनिक गरिएको थियो ।

नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशमणि ज्ञवालीले स्वागत मन्तव्य राखेका थिए ।

आइतबार, चैत २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.