चितवन, वैशाख २०
चितवनमा मोटरसाइकल अनियन्त्रित भई घरमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा रत्ननगर नगरपालिका ३ बन्सी बस्ने २२ वर्षीय जीवन चौधरी र सोहि ठाउँ बस्ने १८ वर्षीय सुमित महतो रहेको जिल्ला प्रहरी चितवनले बताएको छ ।
बुधवार राति ११ः५५ बजेको समयमा रत्ननगर ४ वडा कार्यालय नजिक भित्री सडक खण्डमा जीवनले चलाएको ना २२ प ३४४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई स्थानीय सुमन गदालको घरको भित्तामा ठोक्किन पुगेको थियो ।
घरको भित्तामा ठोक्किएर गम्भिर घाइते भएका मोटरसाइकल चालक जीवन र मोटरसाइकलको पछाडि सवार सुमितको गएराति १२ः५५ बजेको समयमा भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । मृतक दुवै जनाको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।मोटरसाइकल ठोक्किएर घरको भित्तामा समेत क्षति पुगेको भण्डारीले बताए ।


