• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ६. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • ९. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • १०. वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

राष्ट्रिय दलित आयोगले चासो दिएपछि ‘पूजार सार्की’ का नायिका पुगे आयोग

  •   शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित

काठमाडौं ,बैशाख २१
जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको नेपाली चलचित्र ‘पूजार सार्की’ प्रति राष्ट्रिय दलित आयोगले चासो देखाएको छ। यसै साता ललितपुरको कुपण्डलोस्थित आयोगको कार्यालयमा चलचित्रको टिमसँग आयोगका अध्यक्षदेखि सदस्यसम्मले भेट गर्दै चलचित्रबारे जानकारी लिए।

चलचित्रको टिमलाई स्वागत गर्न आयोगले विशेष कार्यक्रम नै राखेको थियो। चलचित्रका अभिनेत्री द्वय अञ्जना बराइली र परीक्षा लिम्बू तथा लेखक विकास सुवेदीको कार्यक्रममा उपस्थिति थियो। लेखक सुवेदीले आयोगलाई चलचित्रको कथावस्तुबारे जानकारी दिँदै ‘पूजार सार्की’ आफूले देखेको घटनामा आधारित भएर बनेको उल्लेख गरे।

आयोगसँगको छलफलमा सहभागी हुँदै सुवेदीले भने, “मैले आफ्नो गाउँ ठाउँमा देखेको घटनामा चलचित्र लेखेको हुँ। चलचित्रमा उल्लेखित केही घटनालाई प्रगतिशील विचार राख्नेहरूले समेत मुर्ख्याइँको रूपमा लिने गरेका छन्, जुन कुरा बाहिर आउन जरुरी छ। यसले हाम्रो समाजको दृष्टिकोण अझै बदलिएको रहेनछ भन्ने मलाई लाग्यो।” कमर्सियल कलाकारहरू र प्रस्तुतिसहित चलचित्रबाट जात भन्ने चीज नै मानवीय दृष्टिमा स्वीकार्य हुँदैन भन्ने कुरा स्थापित गर्न खोजिएको लेखक सुवेदीले स्पष्ट पारेका थिए। “तत्कालीन राजा महेन्द्रले मुलुकी ऐन अन्त्य गरेर छुवाछुत जघन्य अपराध हो भन्ने स्वीकार गरे, त्यो दिनदेखि २०४६ सालको ५६ दिनको आन्दोलनको पेरिफेरिमा चलचित्रको कथा घट्छ,” उनले भने।

अभिनेत्री अञ्जना बराइलीले आफू पनि दलित समुदायबाट प्रतिनिधित्व गर्ने भएकाले बच्चैदेखि विभेद देखेको स्मरण गरिन्। चलचित्रको कथा सुनेपछि काम गर्न उत्साहित भएको बताउँदै उनले चलचित्र गर्ने बेला धेरै कुरा सिक्न पाएको धारणा व्यक्त गरिन्। अभिनेत्री परीक्षालाई भने सुरुमा यस्तो कथामा अझै पनि चलचित्र बनाउन जरुरी छ र ? भन्ने लागेको रहेछ । उनले भनिन्, “जुन समुदाय र स्थानमा म हुर्किएँ, त्यहाँबाट हेर्दा अझै पनि यस्तो कथामा चलचित्र बनाउन जरुरी छ र ? भन्ने लागेको थियो । जातीय विभेद त अब सकिसक्यो, यस्तो कथामा पनि चलचित्र बनाउनुपर्छ र भन्ने भएको थियो। जब चलचित्रको कथा सुनेँ र जहाँ छायाङ्कन भयो, त्यहाँको परिस्थितिले मलाई अचम्मित बनायो। त्यहाँ धेरै कुरा देख्ने र बुझ्ने मौका पाएँ।”

दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातीय विभेद अन्त्य गर्ने उद्देश्यले ‘पूजार सार्की’ निर्माण भएकोमा खुसी व्यक्त गरे। उनले चलचित्रलाई आयोगले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। “जातीय विभेदको विषय १४ प्रतिशत दलित समुदायको मात्र होइन, यसले हाम्रो देशको अर्थतन्त्रमै गम्भीर असर पारेको छ। यो कुराको अन्त्यका लागि चलचित्र बनाएर जुन कदम चालिएको छ, त्यसका लागि सम्मान छ। र, आयोगले चलचित्रलाई जुनसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,” अध्यक्ष विश्वकर्माले भने।

दलित आयोगका सदस्यहरू मिना देवी सोव, टुन्जे कामी, मेहले पार्की र सुन्दर पुर्कुटीले पनि चलचित्रले उठाएको विषयको प्रशंसा गर्दै यसले जातीय विभेद अन्त्य गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। दिनेश राउतको निर्देशनमा तयार भएको ‘पूजार सार्की’ आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। यस चलचित्रमा तीन सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय छ।

शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ
कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ
मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)
अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक
‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज
रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

  • ६.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

भर्खरै

  • १.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

  • २.
    कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

  • ३.
    मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)

  • ४.
    अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक

  • ५.
    ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज

  • ६.
    रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

  • ७.
    ‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को

  • ८.
    ‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.