• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

कुवेतमा ‘बेचिएका’ दर्जन महिलाको बिचल्ली

  •   सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित

काठमाडौं ,बैशाख २४
कुवेतमा घरेलु कामदारका रूपमा महिलाहरूलाई लैजान प्रतिबन्ध लगाइएको भए पनि अवैध मार्गबाट कुवेत पुगेका महिलाहरूले आफूहरू बेचिएको बताएका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका–१ सुन्दरनगरकी लक्ष्मीकुमारी दमाईले आफूलाई एजेन्टले कुवेत ल्याएर बिक्री गरेको भन्दै उद्धारको अपिल गरेकी छन् ।

दर्जन बढीको हारगुहार

सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै उनले आफूलाई कुवेतको चालिया भन्ने ठाउँमा ओमबहादुर नाम गरेका एजेन्टले ल्याएर बिक्री गरेको बताएकी छन् । आफू बिरामी भएको र नेपाल फर्काउन आग्रह गर्दा एजेन्टले नसुनेको उनले बताएकी छन् । ‘घर मालिकलाई घर पठाइदेऊ, म यहाँ काम गर्न सक्दिनँ भन्दा मैले तिमीलाई किनेर ल्याएको र पैसा दिए मात्र घर पठाउँछु भन्ने जवाफ दिइयो,’ उनले भनिन् ।

यस्तै, मोरङकी एक महिलालाई पनि एजेन्टले कुवेत पु¥याएर बिक्री गरेको भन्दै उनका श्रीमान् सन्तोषले उद्धार गर्न हारगुहार गरिरहेका छन् । श्रीमतीले सातवटा घर परिवर्तन गरिसक्दा पनि भनेनुसारको काम नपाएपछि समस्यामा परेको सन्तोषले बताए । अहिले श्रीमतीको उद्धार गर्न उनी एजेन्टसँग रोइकराई गरिरहेका छन् ।

अवैध बाटो हुँदै कुवेत आएर समस्यामा परेका दर्जनभन्दा बढी नेपाली महिला आफ्नो सम्पर्कमा रहेको समाजसेवी घनश्याम थापा मगरले बताए । ‘अवैध बाटो हुँदै घरेलु काममा आएर साहुको कुटपिट यातना सहन नसकेर तत्काल भागेकाको धेरै समस्या परेका दैनिक १२ देखि १५ जना नेपाली महिला मेरो सम्पर्कमा आउँछन्,’ समाजसेवी थापाले राजधानीसँग भने, ‘आफूहरूलाई एजेन्टले बिक्री गरेको रहेछ भनेर हारगुहार गर्नुहुन्छ, यस्ता त अनगिन्ती पीडितहरू छन्, हामी पनि के नै पो गर्न सक्छांै र ? जे होस् सक्ने सहयोग गरिरहेका छौं ।’

उनले अहिले कुवेतस्थित नेपाली दूतावासको सेल्टरमा ४२ जना दिदीबहिनी उद्धार हुने पर्खाइमा रहेको र दिन प्रतिदिन पीडितहरूको संख्या बढेकाले दूतावासलाई पनि कठिन भएको बताए । हेटौंडा घर भएकी सजिना रुम्बालाई पनि एजेन्टले कुवेत पु¥याएर बिक्री गरेपछि आफूहरूले उद्धार गरेको थापाले बताए । ‘उद्धारपछि कोठामा ल्याएर सबै डकुमेन्ट तयार पारेर नेपाल पठाउन खोजियो, दुईपटक फ्लाइट क्यान्सिल हुँदा लाख रुपैयाँ खर्च भइसक्यो, तर पनि पठाउन सकिएको छैन,’ समाजसेवी थापाले भने ।

अहिले उनलाई पनि एक जना नेपाली महिलाको कोठामा राखेको र खान बस्नका लागि विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ एनआरएनए कुवेतका अध्यक्ष धिरेन सुवेदीले आयस्रोत जुटाइरहेको थापाले बताए । ‘एजेन्टहरूले नेपाली महिलालाई कतिमा बेच्छन्, अनि कतिमा किन्छन् भन्नेसम्म जानकारी हुँदैन,’ उनले भने ।

पछिल्लो समय कुवेतीले खदमा यानकी घरेलु महिला कामदारहरूको फोन ट्र्याक गरेर कोसँग बोल्छ, उसैलाई खदमा भगाएको केस लगाएर पक्राउ गर्ने गरेकाले पनि उद्धार गर्न थप समस्या हुने गरेको बताइएको छ ।

दलालले पछिल्लो समय भारतको बाटो हुँदै जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् ।

अवैधानिक बाटो भएर गएको पत्तो नपाउने चेलीले बन्धकसरह काम गर्नु परेपछि मात्र आफूलाई फसाएको ’bout थाहा पाउने गर्छन् । खाडी मुलुकमा घरेलु कामदारका रूपमा जानेहरू साधारण लेखपढ नभएका, सामान्य अंग्रेजी भाषा बोल्न पनि नसक्ने रहेका छन् । उनीहरूले आफूलाई पर्ने समस्या र समस्या परेमा कहाँ कसरी सम्पर्क गर्ने स्थान पनि थाहा नपाउने हुनाले उद्धारमा थप समस्या हुने गरेको पाइन्छ ।
राजधानी दैनिकबाट साभार

सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.