• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ७. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक

  •   मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित

काठमाडौं ,बैशाख २५
नवीन सुब्बा निर्देशित सिनेमा ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै निर्माण पक्षले टिजर सार्वजनिक गरेको हो ।

सार्वजनिक टिजरमा गाउँले जीवन, उकाली ओरोली, सहरप्रतिको बालकको जिज्ञासा र गाउँमा सडक पुग्दाको खुसी समेटिएको छ । टिजरले सिनेमाको सारांश बुझाउने प्रयास गर्दै परम्परागत जीवनशैली र आधुनिक परिवर्तनबीचको संघर्ष सिनेमाको कथा भन्ने संकेत गरेको छ ।

सिनेमाको टिजर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले सिनेमाले गाउँमा गाडी सँगै धेरै कुरा आएको र त्यसपछि त्यसैले गाउँबाट धेरै कुरा लगेको पनि बताए । ‘गाउँमा गाडी बाटो आयो बाटोसँगै गाडी आयो । त्यसले गाउँबाट धेरै कुरा लग्यो होला भन्ने लाग्छ,’ उनले भने, ‘यही कुरा नै यो सिनेमाको कथाले भन्ने प्रयास गरेको छ । गाउँमा सडक पुगेपछिको कथा र परिवर्तन यो सिनेमाले भन्नेछ ।’

उनले विश्वका धेरै महोत्सवमा पुगेर विश्वभरका दर्शकको माया पाएको सिनेमाले अब स्वदेशी दर्शकको पनि माया पाउनेमा अपेक्षा र विश्वास रहेको बताए । ‘हामीले विश्वभरका दर्शकको माया पाइसकेका छौँ । अब हाम्रा नेपाली दर्शकको पनि त्यस्तै माया पाउने आशा छ,’ उनले भने ।

निर्देशक नवीन सुब्बाले दयाहाङले भनेजस्तै ‘गाउँ आएको बाटो’ले गाउँमा सडक पुगेपछिको कथा भन्ने बताए । उनले बाउ र छोराको आत्मीय सम्बन्धको कथा सिनेमाले भन्ने बताए । ‘यो कथा मलाई सुनाउन बित्तिकै मैले मेरो बुवालाई सम्झिएँ । त्यसपछि यो सिनेमा निर्माण प्रक्रिया अगाडि बड्यो,’ उनले भने, ‘छोरोछोरी हुर्काउन बुवाले गरेको संघर्ष नै यो सिनेमाको कथा हो । कति दुःख कष्ट गरेर बुवाआमाले सन्तान हुर्काएका हुन्छन् भन्ने सिनेमाले देखाउने प्रयास गरेको छ ।’

निर्माता आमोद राईले इन्टरनेसनल फेस्टिभलमा जस्तै नेपालमा पनि माया पाउनेमा ढुक्क रहेको बताए । ‘हामीले राम्रो सिनेमा बनाउने प्रयास गरेका छौँ । हामीले यो सिनेमा मार्फत् नेपालको कथा विश्वभर सुनायौँ, दर्शकले पनि मन पराइदिनुभयो,’ उनले भने, ‘यसैगरी हाम्रा दर्शकले पनि मन पराइदिनुहुन्छ भन्ने आशा राखेका छौँ ।’

‘गाउँ आएको बाटो’ले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकाडालो बनाएर जीवनयापन गर्ने माइला (दयाहाङ राई), माइली (पशुपति राई) र उनीहरूको सातवर्षे छोरा बिन्द्रे (प्रसान राई)को जीवनमा उक्त गाउँमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तन र संघर्षको कथा पेस गर्नेछ ।

पछ्याउँदै आएको परम्परागत जीवनशैलीमाथि के गर्ने भनेर मूल पात्रले लिने निर्णयमा सिनेमाको कथा केन्द्रित रहेको बताइएको छ । बाबुआमा र उनीहरूको छोरा विकाससँगै बदलिएको परिस्थितिमा नयाँ संसारमा कसरी घुलमिल हुन्छन् र सपना फेरिन्छन् भन्ने कथा चलचित्रले भन्नेछ ।

‘गाउँ आएको बाटो’ आउँदो जेठ २५ गते रिलिज हुँदै छ । सिनेमामा दयाहाङ राई, पशुपति राई र प्रसान राई प्रमूख भूमिकामा छन् ।‘नुमाफुङ’ बनाएर फरक धारका सिनेमाका लागि प्रशंसा बटुलेका सुब्बाको यो तेस्रो सिनेमा हो । उनले बनाएको दोस्रो सिनेमा ‘गुडबाई काठमाडौं’ भने सार्वजनिक प्रदर्शनमा आएको छैन ।

टोरोन्टो र बुसान फिल्म फेस्टिभलमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका छन् । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको सिनेमाका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् ।यो सिनेमाको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ । सिनेमाको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।

मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.