• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ७. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

अनमोल केसी फिल्म ‘फर्की फर्की’ को प्रमोसनमा व्यस्त

  •   शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित

काठमाडौं ,बैशाख २९
अभिनेता अनमोल केसी यतिबेला आगामी जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’ को प्रमोसनमा व्यस्त छन् । दर्शकमाझ रोमान्टिक हिरोको छवि बनाएका अनमोल त्यही छविलाई लिएर दर्शकमाझ आउँदैछन् । अनमोल ‘फर्की फर्की’ प्रति आशावादी छन् । झण्डै एक वर्षपछि दर्शकमाझ आउन लागेका उनी दर्शकको माया पाउनेमा आफू विश्वस्त छन् । ‘कलाकारको दायित्व भनेको फिल्म रिलिज नहुन्जेलसम्म मेहनत गर्ने हो, फिल्म चलेपछि कस्तो होला वा नहोला भन्ने आशा राख्नु दर्शकको हातको कुरा हो’, उनी भन्छन् ।

मेहनत अनुसारको फल पाइने वा नपाइने त्यो सबै दर्शकको हातमा हुने उनको बुझाई छ । ‘हामीले जति मेहनत गरे पनि कहिलेकाँही मेहनतको फल पाइन्छ, कहिले पाइँदैन पनि । म अहिलेसम्म मेरा फिल्म सुपरहिट हुँदा न धेरै मात्तिएको छु, न त आत्तिएको नै’, अनमोल भन्छन् ।
अनमोलको अनुभवमा उनका लागि ‘फर्की फर्की’ मानसिक रुपमा चुनौतिपूर्ण नै थियो । किनकी उनले गत वर्ष मानसिक रुपमा कमजोर पनि थिए । ‘मेरो शक्तिलाई पुनः बाहिर ल्याउनका लागि मानसिक दबाबका बाबजुद पनि फर्की फर्कीमा काम गर्नु ठूलो चुनौती थियो । त्यहीकारण धेरै प्रोजेक्टमध्ये मैले फर्की फर्की नै छानें’ उनी भन्छन् ।

फिल्मको ट्रेलरमा अनमोलले आफूलाई ‘भगवान’ भनेको देखाइएको छ । उनले फिल्मको संवादमा आफू भगवान भने पनि आफूलाई चाहिँ भगवान नमान्ने गरेको बताए । ‘जो मान्छेले समयलाई नियन्त्रण गर्न र अघिपछिको जीवनलाई परितर्वन गर्न सक्छ, त्यो सन्दर्भमा आफूले आफूलाई जहिल्यै पनि भगवान महशुस गर्ने हो । यो रामायण वा महाभारतको जस्तो भगवान जस्तो होइन । फिल्मको पात्रले ऊ भगवान हो भन्ने चिजमा विश्वास गर्छ’, अनमोल भन्छन्, ‘जब कसैलाई आफूलाई महान अनुभव हुन्छ कि यो दुनियाँ नै मेरो कब्जामा छ । उसले जब मैले जे गरे पनि सही हो, म गलत हुन सक्दैन अनुभव गर्छ, तब नै आफूले आफूलाई भगवानको महशुस गर्छ । फिल्मको स्क्रिप्टमा भगवान भन्ने कुरा आए पनि फिल्ममा म्याडीको समयमा उसको संघर्षदेखि उसको गलत समय, सही समय, परिवारसँग र साथीभाईसँगको सम्बन्धको कुरा देखाइएको छ । फिल्मले मास अडियन्सले नै रिलेट गर्न सक्छ ।’

अनमोल दर्शकले आफूलाई अघिल्ला फिल्ममा भन्दा ‘फर्की फर्की’मा केही फरक रुपमा देख्न पाउने बताउँछन् । ‘जुन बेला अभिनयको ‘अ’ पनि थाहा थिएन, त्यो समयमा मैले ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’ मा अभिनय गरें । यी फिल्मलाई दर्शकले मनपराउनुभयो । अहिले कलाकारका रुपमा समय, अनुभव र दक्षताले पनि धेरै कुरा सिक्ने मौका पाएको छु । यी फिल्ममा भन्दा ‘फर्की फर्की’मा अझ बेटर एक्टर देख्न सक्नुहुनेछ । प्रेमकथा मनपराउनेलाई ‘फर्की फर्कीमा प्रेमकथा नै छ । मेरो प्रेमकथा हेरेर दिक्क लागेका दर्शकलाई ट्राभलको कथा पनि छ’, उनी भन्छन् ।
आफूलाई अरुले आलोचना गर्दा त्यो आलोचनामा अनमोलको बुझाई फरक रहेछ । ‘बाहिरको भुस्याहा कुकुरले टोकेको भन्दा घरभित्र आफूले पालेको कुकुरले टोक्दा झन मन दुख्छ । त्यही भएर बाहिरको मान्छेले कुरा काट्दा मलाई खासै फरक पर्दैन । तर मेरो घर, परिवार, साथीहरुले विश्वास गरेनन् भने चाहिँ मन दुख्छ । बाहिरको आलोचनाले खासै फरक पार्दैन,’ उनी भन्छन् ।अभिनेत्री जसिता गुरुङसँग अनमोल पहिलोपटक यो फिल्ममा स्क्रिन शेयर गर्दैछन् । उनका लागि जसितासँगको सहकार्य सहयोग रहेछ । दर्शकले राम्रो जोडीका रुपमा आफूहरुलाई चित्रण गरेको अनमोलको बुझाई रहेछ ।

फिल्मका निर्देशक सुयोग गुरुङसँग उनको सहकार्य अनुभव राम्रो रहेछ । आफ्ना सुरुदेखिको फिल्म नयाँ निर्देशकसँगको सहकार्यले सुपरहिट भएकाले ‘फर्की फर्की’मा पनि त्यो आशा अनमोलमा जीवित नै रहेछ । ‘नयाँ निर्देशकसँगको कामले नयाँ कुरा दिन सकिन्छ । नयाँ निर्देशकको फिल्ममा मार्क हुन सकियो भने आफ्ना लागि पनि फाइदाको कुरा हो । अहिलेको कन्टेन्ट नयाँ पुस्तासँग अनुुकुल भएकाले पनि फिल्मप्रति आशावादी छु’, उनी भन्छन् ।

अनमोलले अहिलेसम्म फिल्ममा गाउँले चरित्रमा अभिनय गरेका छैनन् । जति पनि अभिनय गरेका छन्, सबै सहरीया चरित्रमा नै छन् । ‘मलाई गाउँले चरित्रको अफर आए पनि मैले कलाकारको रुपमा त्यो चिज निर्वाह गर्न सक्छु कि सक्दिनँ भन्ने प्रश्न हो । आयो भने पनि समाज, खानपिन, बसाई, संस्कृति बुझेर गर्न सक्छु । तर आउनासाथ हुन्छ भन्दिनँ । जुन दिन त्यो चिजको ज्ञान ममा आउँछ त्यो दिन म गाउँले चरित्र गर्छु । अहिलेसम्म मैले जस्तो किसिमको योजनाहरु बनाइरहेको छु, त्यो अहिले नै आइपुगेको छैन’, उनी खुल्छन् ।

शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन
साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

भर्खरै

  • १.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • २.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ३.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ४.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ७.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ८.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.