• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ७. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

रवि काफ्ले ‘फर्की फर्की’ मार्फत दर्शकमाझ आउँदै, को हुन रवि ?

  •   शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित

पेशागत रुपमा रवि काफ्ले इञ्जिनियर हुन् । उनी अब भने कलाकारका रुपमा दर्शकमाझ आउँदैछन् ।

यही जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’मा उनी अभिनेता अनमोल केसीको साथी सुबास’ को भूमिकामा देखिँदैछन् ।

आफ्नो साथी दिनेश सुवेदीमार्फत निर्माता रोहित अधिकारी र निर्देशक सुयोग गुरुङको सम्पर्कमा आएका रवीले अडिसन दिएपछि ‘फर्की फर्की’का लागि छानिएका हुन् । ‘म पेशाले इञ्जिनियर भए पनि सन् २०१७ देखि हामीले विज्ञापन कम्पनी सुरु गरेका थियौं । त्यो कम्पनीमा म क्रिएटिभ डिपार्टमा काम गर्थे । बाल्यकालदेखि नै फिल्मप्रति रुची थियो । कम्पनीमार्फत नै बनाइएका म्युजिक भिडियोमा पनि अभिनय गरें’, रवी भन्छन्, ‘विज्ञापन कम्पनीमा जोडिएपछि अभिनयदेखि अन्य प्राविधिक विषयमा ज्ञान लिएँ । जसले गर्दा फिल्ममा काम गर्न सजिलो भयो ।’

रवीका अनुसार फिल्ममा उनको चरित्र मिलनसार, राम्रो काम मात्र गर्ने, कसैलाई गलत नगर्ने र कोहीले गलत गर्न खोज्न भने उसलाई सम्झाउने किसिमको छ । ‘फिल्ममा म्याडी पात्र अर्थात अनमोललाई सम्हाल्ने चरित्र छ । अनमोलसँग स्क्रिन शेयर गर्न पाउँदा खुशी छु । फिल्ममा अभिनय गर्ने इच्छा थियो । तर सुरुमै स्थापित नामसँग स्क्रिन शेयर गर्दा पाउँदा झन बढी खुशी छु’, उनी भन्छन् ।

अनमोलसँग अभिनय गरिरहँदा उनी केही नर्भस पनि भएका रहेनछन् । ‘म नयाँ मान्छेसँग गफ गर्न, आइडिया शेयर गर्न रुचाउँछु । अनमोल उद्योगमा ठूलो नाम हो । ऊसँग स्क्रिन शेयर गर्न पाउँदा नर्भस थिएँ । किनकी स्थापित नामसँग एउटा सम्मान हुन्छ । उसमा अनुभव हुन्छ । केही कुरा सिक्न पाउछु भन्ने हुन्छ’, रवी भन्छन्, ‘फिल्मका चारै जना कलाकार सहयोगी भावना भएकाले एकअर्कालाई बुझ्ने, हाँसो ठट्टा गर्ने, रमाइलो गर्ने भएपछि सजिलो भयो । फिल्ममा अनमोलको सपोर्टले पनि ममा भएको नर्भस हरायो । हामी फिल्मको दृश्य सुटिङ अघि छलफल गथ्र्यौ ।’ उनले अनमोल अभिनित फिल्म ‘कृ’, ‘जेरी’, ‘क्याप्टेन’, ‘ए मेरो हजुर ३’ हेरेका रहेछन् ।

फिल्म रिलिज मिति नजिकिँदै गएपछि रवी उत्साहित र नर्भस छन् । ‘हाम्रो फिल्म विश्वभरका दर्शकले एकसाथ हेर्दै हुनुहुन्छ । मेरो पात्रप्रति प्रतिक्रिया कस्तो होला भन्ने कौतुहलता छ । आफ्नो पनि इच्छाको क्षेत्र र यस्तो गर्न पाए हुन्थ्यो भन्ने सपना पुरा हुँदा चाहिँ मलाई एकदमै खुशी लागेको छ’, रवी भन्छन् ।

रवीको बुझाईमा ‘फर्की फर्की’ युवाहरुको कथा हो । मित्रतामा कतिपय कुराहरु अव्यक्त हुने भएकाले त्यो भावनालाई खोज्ने माध्यम नै यो फिल्म रहेको रवीको भनाई छ । ‘फिल्म हेर्न आउने दर्शकले मेरो क्यारेक्टर मात्र नभई हरेक क्यारेक्टर रिलेट गर्न सक्नुहुन्छ । किनकी उहाँहरुको जीवनमा साथी र परिवार हुन्छ । उहाँहरुसँग हाम्रो आ–आफ्नो सम्बन्ध हुन्छ । त्यो सम्बन्ध भित्रको उतारचढावहरु छन् । उतारचढावका बाबजुद पनि जीवन कसरी अगाडि बढ्छ भन्ने कुरा फिल्ममा देखाइएको छ’, उनी भन्छन् ।

रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘फर्की फर्की’मा अनमोल केसी, जसिता गुरुङ, निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ ।

 

शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.