काठमाडौँ । तेस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’ सुरु भएको छ ।
कमलपोखरी स्थित सिटी सेन्टरमा आयोजित एक्स्पोको शुक्रबार एक कार्यक्रमकाबीच काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उद्घाटन गर्नु भएको हो । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजना रहेको एक्स्पो शुक्रबार र शनिबार गरेर दुई दिन चल्नेछ । प्रदर्शनिमा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यायनरत ६३ विद्यार्थीका इन्टरियर सम्बन्धि बिभिन्न सिर्जना प्रदर्शनमा राखिएका छन् । जसमा ३५ ग्राजुयट र २८ रनिङ बिद्यार्थी हुन् ।

एक्स्पोमा दुई प्रकारको प्रदर्शनि छ । एउटा अध्यायन गरेर ६ महिना मात्र भएका बिदार्थीको बिभिन्न फरक फरक क्याफे डिजाइनहरु छन् । अर्को ग्राजुयट भएका बिद्यार्थीको थेसिस भनेर राखिएको छ । थेसिस भएकाहरुको बिभिन्न फरक प्रोजेट बनाएका छन् । प्रदर्शनमा राखिएको सबै प्रदर्शनीबीच समेत प्रतिस्पर्धा हुने र निर्णायकको निर्णयको आधारमा प्रथम, दोस्रो र तेस्रो रुपमा पुस्कृति हुनेछन् ।
आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइन विगत एक दशकदेखि फेसन तथा इन्टेरियर डिजाइन सम्बन्धी अध्ययन गराउँदै आएको एकेडमी हो । आईआईएफटीले आफ्नो विद्यार्थीका सिर्जना आम जनमानसमा परिचित गराउने उद्देश्यले यो कार्यक्रम गर्दै आएको हो । फेसन डिजाइनमा १४ महिना र इन्टेरियर डिजाइनमा १५ महिनाको कोर्ष प्रदान गर्दै आएको आईआईएफटीका शाखाहरु काठमाडौँको हेरिटेज प्लाजा, बागबजारको बागबजार प्लाजा र ललितपुरको कुमारीपाटीमा रहेको छ । नेपालकै ठुलो फेसन र इन्टेरियर अध्यापन संस्थाको रुपमा परिचित आईआईएफटीले आफ्नो अध्यापन गर्ने विद्यार्थीका लागि सिर्जना प्रस्तुत गर्न विभिन्न फेसन शो, ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ लगायत कार्यक्रम आयोजना गर्दै आएको छ ।


